महेन्द्रनगरबाट काकटभिट्टा जाँदै गरेको रात्रीबस दुर्घटना, २ को मृत्यु, ३९ घाइते

महेन्द्रनगरबाट काकटभिट्टा जाँदै गरेको रात्रीबस दुर्घटना, २ को मृत्यु, ३९ घाइते

परासी : महेन्द्रनगरबाट काकटभिट्टातर्फ जाँदै गरेको रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३९ जना यात्रु घाइते भएका छन् ।  गएराति बुटवल–नारायणगढ सडक अन्तर्गत पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यबस्तीमा महेन्द्रनगरबाट काकटभिट्टातर्फ जाँदै गरेको ना ५ ख १०१६ नम्बरको बस कल्भर्टमा ठोकिएर खोल्सामा खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की र अन्दाजी ४० वर्षका अर्का एक पुरुष रहेका छन् । प्रहरीका अनुसार कञ्चनपुर घर भएका लोकेन्द्रबहादुर काकी नेपाली सेनाका जवान हुन् । उनी रणसार्दुल गण गाइघाटमा कार्यरत थिए । 

मृतक अर्का पुरुषको सनाखत हुनस सकेको छैन । दुवै जनाको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा मृ्त्यु भएको बताइएको छ । चालकसहित अन्य घाइतेको लुम्बिनी सिटी अस्पताल र जेनस अस्पताल बुटवलमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य छ । 

विपरित दिसाबाट आइरहेको अर्को बससँग टाढैबाट फोक्स लाइट हाई डिमको संकेत माग्दा नदिएका कारण सडक नदेखिएकाले दुर्घटना भएको चालकलाई उद्धृतगर्दै जिल्ला ट्राफिक कार्यालयका निरीक्षक हेमबहादुर शाहीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.