विद्यार्थी आकर्षित गर्न खाजा

विद्यार्थी आकर्षित गर्न खाजा

दमौली : म्याग्दे गाउँपालिकाले सबै आधारभूत तहका विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ग्रामीण क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा विद्यार्थी अभाव हुने गरेको छ । ग्रामीण बस्तीका अभिभावकले छोराछोरीलाई सहरी क्षेत्रमा पढाउन थालेपछि धेरैजसो विद्यालय बन्द हुने अवस्थामा पुगेकाले खाजा दिएर विद्यार्थी तान्न खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए ।

गाउँपालिकाले आफ्नो क्षेत्रका कक्षा ५ सम्म पढाइ हुने २१ विद्यालयलाई दिवा खाजाका लागि २० लाख रुपैयाँ विनियोजन गरेको प्रवक्ता शिवशरण वाग्लेले बताए । ‘गाउँका विद्यार्थी आकर्षक सेवा र सुविधा खोज्दै सहर झर्दा विद्यालय बन्द हुने अवस्था देखिएको छ’, उनले भने, ‘अब प्रयोगका रुपमा यस वर्षबाट खाजा दिन थालेका छौं ।’

२१ विद्यालयमा अध्ययनरत झण्डै आठ सय विद्यार्थीले यो सुविधा पाउँनेछन् । गाउँपालिकाले हरेक विद्यालयलाई खाजा पकाउने सामग्री, ग्यास तथा तालिमसमेत प्रदान गरेको छ । विद्यालयले हरेक विद्यालयलाईप्रति विद्यार्थी १५ रुपैयाँ खाजा खर्च दिने गरेको छ । यसमा अभिभावकले पाँच रुपैयाँ लगानी गर्नुपर्नेछ । ‘अभिभावकको सहभागीताका लागि न्यून शुल्क राख्न लागेका हौं,’ प्रवक्ता वाग्लेले भने ।

सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको मुख्य कारण शैक्षिकस्तर भएकाले त्यसमा सुधार गरिने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए । ‘निजीका तुलनामा सामुदायिकमा पढाइ खस्किएकाले शिक्षाको गुणस्तर उकास्न प्रयास थालेका छौं’, उनले भने । गाउँपालिकाले शिक्षकलाई तालिमका साथै सकेसम्म विद्यालयमा विषय शिक्षक राख्ने र भएका शिक्षकबाट गुणस्तरीय शिक्षा दिन व्यावस्था गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख विजयराज बडुले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.