पार्टीको कार्यशैलीप्रति नेकपाका नेताको आपत्ति : महासचिवलाई ज्ञापनपत्र
काठमाडौं : पार्टीको कार्यशैलीप्रति नेकपाकै नेताले आपत्ति जनाएका छन्। बुधबार दिउँसो २० बढी नेताले महासचिव विष्णु पौडेललाई भेटेर आपत्ति जनाएका हुन्। दिउँसो महासचिव पौडेललाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।
पार्टी एकीकरण, सरकारसँगको सम्बन्ध, केन्द्रीय समितिको बैठकका विषयमा असन्तुष्टि ज्ञापनपत्रमा समेटिएको छ। महासचिव पौडेलले पार्टीका काम कारबाहीप्रति ध्यानाकर्षण गराएको भन्दै सबै नेतालाई धन्यवाद दिएका छन्।
‘पार्टीका कामबारे ध्यानाकर्षण गराएकोमा तपाईंहरुलाई धन्यवाद’, महासचिवको भनाइ उद्धृत गर्दै गैरेले भने।