‘विप्लव’माओवादीका दुई कार्यकर्ता पक्राउ

‘विप्लव’माओवादीका दुई कार्यकर्ता पक्राउ

जुम्ला : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता जुम्लामा प्रक्राउ परेका छन् ।

मंसिर १ गते राति जिल्लाका दुई स्थानीय तहमा एकैसाथ भएको आक्रमण घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । चन्दननाथ नगरपालिकाको गाडी आगजनी र गोठीचौर गाँउपालिका तोडफोड भएपछि घटनामा संलग्न भएको आशंकामा मुगु सोरु गाँउपालिकाका रामबहादुर भाम र जुम्ला तिला गाउँपालिकाका लक्ष्मणनाथ  योगी ‘संग्राम’ पक्राउ परेका हुन् ।

डिएसपी सीताराम रिजालका अनुसार उनीहरु चन्दा संकलन रसिद सहित प्रक्राउ परेका हुन् । प्रहरीले उनीहरुबाट विभिन्न स्थानमा संकलन गरिएको ३५ हजार ६ सय ८४ रुपैयाँको चन्दा रसिद, डायरी, पार्टीका पर्चा, पम्प्लेटहरु समेत बरामद गरेको छ ।

पक्राउ परेका कार्यकर्ताले नेकपाको मसिंर ८ गते काठमाडौंमा हुने अधिवेशनका लागि भन्दै जिल्लाका स्थानीय तह, जनप्रतिनिधि र व्यापारीसँग चन्दा संकलन गर्दै हिँडेको प्रहरीको भनाइ छ ।

उनीहरुमाथि स्थानीय तह तोडफोड, अवैध चन्दा असुली, धम्की आशंकामा पनि अनुसन्धान भइरहेको छ । कार्यकर्ता पक्राउ परेपछि पार्टीले प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुलाई निःशर्त रिहाईको माग गरेको छ ।

जिल्ला सेक्रेटरी विर्खबहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बाहनामा हाम्रा कार्यकर्तामाथि आरोप लगाएर प्रहरीले दमन गर्दैछ, त्यसको हामी कडा विरोध गर्छौँ, हामीले स्थानीय तहका संरचना ध्वस्त पार्ने कुनै पनि काम गरेका छैनौँ । र त्यसमा हाम्रा कुनै पनि कार्यकर्ता संलग्न छैनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.