भक्तपुरमा भारतीय निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी हुँदै

भक्तपुरमा भारतीय निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी हुँदै

काठमाडाैं : काठमाडौँस्थित भारतीय दूतावासले भारतीय उद्योग महासंघसँगको सहकार्यमा यही मंसिर ६ देखि ८ सम्म तीनदिने निर्माण उपकरण तथा प्रविधि प्रदर्शनी (कनम्याक-२०१८) आयोजना गर्दैछ ।

भक्तपुरस्थित सल्लाघारीको खुल्ला मैदानमा हुने उक्त प्रदर्शनीमा JCB, L&T, Hyundai, Caterpillar, Tata Hitachi जस्ता ठूला कम्पनीसहित भारतका १ सय ५० भन्दा बढी कम्पनीहरुले आफ्ना उत्पादन तथा सेवाहरुको प्रदर्शनी गर्नेछन् । सम्भवत यो प्रदर्शनी नेपालको सबैभन्दा ठूलो निर्माण उपकरणसम्बन्धी प्रदर्शनी हुने बताइएको छ । जहाँ ४ हजार भन्दा बढी व्यापारीहरुले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले कार्यक्रमको उद्घाटन गर्ने पनि बताइएको छ । नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीसहित भारत तथा नेपालका निर्माण व्यवसायीहरु कार्यक्रममा उपस्थिति रहनेछन् ।

यसअघि पनि चलिआएको औद्योगिक सहकार्यलाई यस प्रर्दशनीले दुई देशबीचको औद्योगिकरव्यापारिक सहकार्यलाई थप प्रगाढ गर्दै दुई देशका उद्योगहरुलाई जोडने पनि अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.