दोस्रो हारपछि बाहिरियो लालबन्दी
मलंगवा : मलंगवामा जारी दोस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो हारसँगै लालबन्दी प्रतियोगिताबाट बाहिरिएको छ।
सर्लाहीको क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा बुधबार भएको खेलमा मलंगवा ग्रीनले लालबन्दीलाई ६ विकेटले पराजित गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको लालबन्दीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय दुई रन बनाएको थियो।
लालबन्दीका लागि सीमान्त तमाङले २५ रन बनाए। मलंगवा ग्रिनका बलर मनीष सिंहले दुई विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको मलंगवा ग्रिनले ११.५ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो।
मलंगवा ग्रिनका लागि विशाल सुसलिङले अविजित ५३ रनको योगदान गरे। उक्त खेलमा ५३ रन बनाएर एक विकेटसमेत लिएका विशाल उत्कृष्ट खेलाडी घोषित भए।
बिहीबारको पहिलो खेल मलंगवा र गोडैता नगरपालिकाबीच हुनेछ। दोस्रो खेल मलंगवा ग्रिन र बलराबीच हुने जानकारी सर्लाही क्रिकेट संघका सदस्य तुलसी यादवले दिए।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छ।