कार्यालय प्रमुखमा पहिलोपटक प्राविधिक कर्मचारी

कार्यालय प्रमुखमा पहिलोपटक प्राविधिक कर्मचारी

राजविराज : जिल्ला खेलकुद विकास समिति सप्तरीमा पहिलोपटक प्राविधिक कर्मचारी कार्यालय प्रमुख नियुक्त भएका छन्। खेलकुद क्षेत्रमा ३४ वर्षदेखि महत्वपूर्ण योगदान दिँदै आएका भारोत्तोलन खेलका प्रशिक्षक दिनेश भुजेलले बुधबार कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन्।

सप्तरीको कञ्चनरूप नगरपालिका–९ निवासी भुजेल राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडी हुन्। २०४१ सालदेखि खेल्न सुरु गरेका भुजेलले २०४५ सालमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए। सहायक प्रशिक्षकका रूपमा २०४५ सालमा राष्ट्रिय खेलकुद परिषद्मा सेवा प्रवेश गरेका भुजेल २०६२ सालमा प्रशिक्षक भई हाल शाखा अधिकृतका रूपमा कार्यरत छन्। उनले २०७१ सालदेखि प्रशिक्षण प्रमुखका रूपमा जिल्लामा खेल संयोजनको भूमिकासमेत निर्वाह गर्दै आएका छन्। उनले प्रशिक्षकका रूपमा राष्ट्रिय स्तरमा दर्जनौं प्रतिभाशाली खेलाडी उत्पादन गरेको भारोत्तोलनका सहायक प्रशिक्षक पुन्तिलाल यादवले बताए।

सप्तरी जिल्लामा सबैभन्दा बढी पदक भिœयाउने खेल बनेको भारोत्तोलनको प्रशिक्षणमा भुजेल निरन्तर ३० वर्षदेखि सक्रिय छन्। उनकै नेतृत्वमा नेपालगन्जमा २०५४ सालमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चल विकास क्षेत्र प्रथम भएको थियो। भुजेल कोलम्बोमा सन् २०१० मा भएको १०औं दक्षिण एसियाली खेलकुद, सन् २०१७ मा इरानमा भएको अन्तर्राष्ट्रिय थर्ड फेजर कप र हालै इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा पनि प्रशिक्षक थिए।

कोलम्बोमा नेपालले पहिलो स्वर्ण पदक हात पारेको थियो। इरानमा पाँचवटा कांस्य पदक ल्याएको थियो भने इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा पदक ल्याउन नसके पनि नेपालले १३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको थियो।

पदस्थापनका अवसरमा उदयपुर सरुवा भएका कार्यालय प्रमुख महेन्द्र यादव, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा, कर्मचारी, खेलाडी, विभिन्न खेलकुद संघका पदाधिकारी र प्रशिक्षकले भुजेललाई माला, खादा र अबिर लगाएर स्वागत गरे। सहभागीहरूले उनलाई शुभकामना दिँदै जिल्लाको खेलको अवस्था नाजुक रहेकाले यसतर्फ गम्भीर हुन आग्रह गरे। नवनियुक्त कार्यालय प्रमुख भुजेलले खेल क्षेत्र र खेलाडीको मर्म बुझेकाले आफूमाथि आएको जिम्मेवारी पूर्ण इमानदारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.