कार्यकर्तालार्इ देउवाकाे अादेश : माधव नेपाल जति हिम्मत छैन ! अाेली विरूद्द बाेल्न के डर ?

कार्यकर्तालार्इ देउवाकाे अादेश : माधव नेपाल जति हिम्मत छैन ! अाेली विरूद्द बाेल्न के डर ?

भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु आफू विरुद्ध उत्रिए पनि अधिनायकवादतिर लम्किरहेको केपी ओली नेतृत्वको सरकार विरुद्ध उनीहरु चुइक्क समेत नगरेको भन्दै रुष्ट भएका छन् ।

बिहीबार भैरहवामा आयोजित नेपाली कांग्रेस महासमिति बैठकका सन्दर्भमा राजनीतिक एवं मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले पार्टीका केही नेताहरु सरकारको गलत कदम विरुद्ध चुइक्क नबोल्दा सरकार थप अधिनायकवाद तर्फ लम्किएको बताए ।

'मुलुकमा हत्या बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै छ । निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको छ, तर पनि हाम्रा नेताहरु सरकार गलत कदम प्रति बोल्न सकेका छैनन् । अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ?' उनले भने, 'नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपालले बोले जति हिम्मत हाम्रो नेताहरुमा छैन । नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ?'

सरकारले मुलुकमा महंगी, कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको बताउँदै सभापति देउवाले केपी ओलीको नाम 'करप्रसाद ओली' राख्नुपर्ने ब्यंग्य गरेका थिए । सरकार अधिनायकवाद तिर लम्किरहेकोले आफुहरु एक भएर अघि नबढे मुलुक संकटमा पर्ने उनले बताएका थिए । साथै कम्युनिष्ट सरकार विरुद्ध अन्तिम लडाईँ लड्नुपर्ने अवस्था आएको पनि उनकाे भनाइ थियाे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.