ओली सरकार नौ महिनामै पूर्ण असफल : कोइराला

ओली सरकार नौ महिनामै पूर्ण असफल : कोइराला

काठमाडौं : कांग्रेसक नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छन्। 

बिहीबार रिपोर्टर्स क्लब नेपालले  गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले सरकार असफल भएको बताएकी हुन्। ‘मलाई त आश्चर्य लागेको छ, दुई तिहाई बहुमतको सरकार छ। तर, सरकार नौ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो।’

उनले वर्तमान सरकारले जनताको हितमा एउटा पनि काम गर्न नसकेको आरोप लगाइन्। ‘म आफैं आश्चर्यमा परेकी छु, दुई तिहाई बहुमतको सरकार पनि सफल भएन भने यो एकदम खतरनाक हुनसक्छ’, कोइरालाले प्रश्न गरिन्, ‘किन सरकार चलाउन नसकेको हो ?’

 केपी शर्मा ओली नेतृत्वको सरकारले देशभा भ्रष्टाचार फैलिएको नदेखेको उनको आरोप छ। ‘अहिले देश भ्रष्टाचारले भरिएको छ। भ्रष्टाचारको कुनै सीमा नै छैन्’, कोइरालाले भनिन्, ‘मैले कल्पना गरेकी थिइन् कि नेपालमा भ्रष्टाचार महामारी फैलिएजस्तो फैलिएको छ। भ्रष्टाचार अहिले ग्रास रुटसम्म पुगिसक्यो। यो चाहिँ देशका लागि खतरनाक हो।’

देशमा भ्रष्टाचार कांग्रेस कमजोर भएकै कारण फैलिएको उनको भनाइ छ। ‘भ्रष्टाचारको यो सब कारण नेपाली कांग्रेस कमजोर भएर नै हो’, उनले भनिन्, ‘त्यसैले अब हामी गम्भीर हुनुपर्यो।’ कांग्रेस नेता र कार्यकर्ताले अब यो देशको रक्षा गर्छौं। देशमा सुरक्षा दिन्छौं भन्ने प्रतिवद्धताका साथ काम गर्नुपर्ने उनको भनाइ छ। 

कोइरालाले अब ढिला नगरी पार्टीको संगठनलाई बलियो बनाउने काममा आफू लाग्ने बताइन्। ‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ। यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ’, कोइरालाले भनिन्, ‘हामी तीन जना कोइरालाहरु शशांक, शेखर दा र म एक छौं। अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ।’ 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.