संघीयता फेल गर्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

संघीयता फेल गर्ने षड्यन्त्र सुरु भयो : मुख्यमन्त्री शाही

काठमाडौँ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता फेल गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।

संवाद चौतारीले बिहीबार गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको विवाद सल्काएर संघीयतालाई बदनाम बनाउने काम भएको दाबी गरे । उनले केही शक्तिहरु संघीयता नै असफल बनाउने दाउमा लागेको बताए । 

कम्यूनिस्ट पार्टीलाई दुईतिहाइ बहुमत दिएर जनताले अग्निपरिक्षा लिएको भन्दै उनले कसैलाई दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताए । संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै उनले नयाँ व्यवस्थामा अभ्यस्त हुनका लागि ‘ब्रेन वार’ चलाउनुपर्ने बताए । 

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाईमा पारेको भन्दै शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच हुनलागेको समन्वय परिषद बैठकमा यसबारे विशेषरुपमा कुरा उठाउने जानकारी दिए । 

फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

भिडियो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.