जेलमै बसेर अपराधको योजना, आठ वर्षपछि यसरी खुल्यो इन्जिनियर हत्याको रहस्य

जेलमै बसेर अपराधको योजना, आठ वर्षपछि यसरी खुल्यो इन्जिनियर हत्याको रहस्य

राजविराज : राष्ट्रिय सभाका सदस्य जितेन्द्रनारायण देवका दाजु इञ्जिनियर हरिनारायण देवको हत्या भएको आठ वर्ष वित्नै लाग्दा प्रहरीले त्यसमा संलग्न भनिएका एक आरोपीलाई पक्राउ गरेको छ ।

सप्तरीको साविक बोरिया गाविस–३ का ५० वर्षीय इन्जिनियर हरिनारायण देवको गोली हानी हत्या गरेको आरोपमा सप्तरी प्रहरीले अग्नीसाइर कृष्णसवरण ४ टेंगरीका ५३ वर्षीय श्रीलाल मण्डललाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका देवलाई जिल्ला अदालतमा बिहीबार हाजिर गराइएको एसपी राजेन्द्र विष्टले बताए ।

बोरियास्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज–६ स्थित घरतर्फ आउने क्रममा घर नजिकै ०६७ पुस १३ गते साँझ देवको हत्या भएको थियो । 

देवको हत्याका बेला उपप्रधानमन्त्री रहेका तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पार्टी प्रशिक्षणमा सप्तरी आएका थिए । देवका भाइ जितेन्द्रनारायण देव त्योबेला फोरम लोकतान्त्रिकका महासचिव एवम् प्रवक्ता थिए ।

मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा जगाई आदेशको तयारी भइरहेको श्र्रेस्तेदार दिलकुमार बर्देवाले बताए । जिल्ला अदालतले ०७१ फागुन ११ गते मण्डलसहित पकरी–३ का हरेराम यादव, लालापट्टी–२ का अजित सिंह भनिने अजय यादव र प्रसवनी–८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो ।

यसैगरी ०६८ साउन ११ गते पक्राउ परेका बोरिया ३ का गंगाराम यादवलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । 

यस्तै ०६८ साउन ९ गते पक्राउ परेका मोहनपुर ३ का दिलजले भनिने उमेश राम र ०७१ पुस २८ गते पक्राउ परेका देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजाय गरेको थियो । उनिहरु हातहातियार खरखजाना र डाँका लगायतका मुद्दामा पक्राउ परेका थिए ।

फैसलाविरुद्ध ०७२ असार १६ गते अनिलले र ०७२ साउन ६ गते गंगारामले पुनरावेदन गरे भने पाँच वर्षको कैदसजाय पाएका अनिल र उमेशलाई समेत सर्वस्वसहित जन्म कैदको माग गर्दै मृतककी श्रीमति मालतीदेवीले ०७२ फागुन १८ गते उच्च अदालतमा निवेदन दिएकी थिइन् । उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै ०७३ कात्तिक १० गते फैसला गरेको थियो ।

जेलमै हत्या योजना

छिमेकी बिमलादेवी देवको घरमा ०६४ जेठ २९ गते डाँका गरेको आरोपमा कारागारमा थुनिएका गंगारामले आफूलाई हरीनारायण देवले गर्दा जेल परेकोले बाहिर निक्लेपछि बदला लिनुपर्ने भनी सँगै कारागारमा रहेका उमेशलगायतका अभियुक्तहरुसँग योजना बनाएका थिए ।

ठूलो रकम फिरौती लिन अपहरण गर्ने योजना सफल नभएपछि बाँसघारीमा लुकेर बसेका अभियुक्तहरुले नजिकैबाट प्रहार गरेको गोली देवको घाँटीको बायाँ भागमा लागेको थियो । अपहरण गर्न खोज्दा देवले प्रतिवाद गरेपछि गोली हानेर अभियुक्तहरु फरार भएका थिए । प्रतिवाद गर्दा घाँस मडारिएको घटनास्थलबाट प्रहरीले हत्याराहरुको छुटेको चप्पल र ‘प्।ँ। ठघ’ लेखिएको गोलीको खोका फेला पारेका थिए । 

मोबाइलबाट खुल्यो रहस्य

हत्यापछि परिवारका सदस्यहरुलाई धम्की दिन प्रयोग गरिएको तथा भूमिगत समूहले हत्याको जिम्मा लिँदै विभिन्न सञ्चार माध्यममा गरिएको मोबाइल फोनका आधारमा प्रहरीले घटना पत्ता लगाएको थियो । 

गंगारामले सरीतादेबी साहको नाममा रहेको ९८१४७०७१३७ नम्बरबाट मोबाइल गरी विभिन्न सञ्चार माध्यममा हत्याको जिम्मा लिदै फोन गरेका थिए । सरिताले मोबाइलको सिमकार्ड निकाल्न दिएको नागरिकता र फोटोको दुरुपयोग गरी अशोक यादवले गंगारामलाई दिएका थिए ।आपराधिक पृष्ठभूमिका व्यक्तिहरुका साथै मोबाइल सन्देश र टेलिफोन कल विवरणहरुको निगरानी गरेर नै प्रहरीले हत्याको रहस्य पत्ता लगाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.