क्रिकेटमा यस्तो पनि : १६ बलमै बनाए ७४ रन, १७ मिनेटमै जिताए खेल

क्रिकेटमा यस्तो पनि : १६ बलमै बनाए ७४ रन, १७ मिनेटमै जिताए खेल

युएई : युएईमा जारी टी-१० लिग क्रिकेटमा अफगानिस्तानका विकेटकीपर ब्याट्सम्यान मोहम्मद शहजादले केबल १६ बलमा ७४ रन बनाएका छन् । 

शहजाद राजपुत टिमबाट खेलिरहेका थिए । सिन्धी टिमले राजपूत टिमलाई १० ओभरमा ९५ रनको लक्ष्य दिएको थियो । ओपनिङ्गमा उत्रेका शहजाद र ब्रेन्डन म्याकुलमले ४ ओभरमा १७ मिनेट भित्रै जित दिलाए । 


यसरी बन्यो १६ बलमा ७४ रन 

पहिलो बल: १ 
दोस्रो बल: ४ 
तेस्रो बल: ६
चौथो बल: ४ 
पाँचौँ बल: ४
छैठौँ बल: ६ 
सातौँ बल: १
आठौँ बल: ६
नवौँ बल: ६
दसौँ बल: ४
एघारौँ बल: ६
बाह्रौँ बल: ४
तेह्रौँ बल: ४
चौधौँ बल: ६
पन्ध्रौँ बल: ६
सोह्रौँ बल: ६

१२ बलमा ५० रन 

टी-१० लिगमा ७४ रन बनाउने शहजाद एक्ला ब्याट्सम्यान हुन् । उनले १२ बलमा अर्धशतक बनाए । आफ्नो पारीमा शहजादले ८ छक्का र ६ चौका लगाए। उनले केवल २ मात्रै सिंगल लिए । शहजादलाई म्यान अफ द म्याच पनि चुनियो । 

दुवै खेलाडीले केबल १७ मिनेटमै ४ ओभर खेलेर टिमलाई जिताए । अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका मुनाफ पटेलले राजूत टिमका लागि २ ओभरमा २० रन दिएर ३ विकेट लिए। यसभन्दा पहिले सिन्धी टिमको तर्फबाट कप्तान शेन वाट्सनले २० बलमा ४२ रन बनाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.