असन्तुष्ट २१ नेताको ज्ञापनपत्र नेकपाका सचिवालय बैठकको एजेण्डा

असन्तुष्ट २१ नेताको ज्ञापनपत्र नेकपाका सचिवालय बैठकको एजेण्डा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१ केन्द्रीय सदस्यले कार्यशैलीप्रति आपत्ति जनाउँदै बुधबार बुझाएको ज्ञापनपत्रले सचिवालय बैठकमा प्रवेश पाएको छ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले २१ केन्द्रीय सदस्यले बुझाएको ज्ञापनपत्रलाई एजेण्डाको रुपमा बैठकमा छलफल गर्ने निर्णय गरेको हो। 

डा. विजय पौडेलको नेतृत्वमा २१ केन्द्रीय सदस्यले बुधबार महासचिव विष्णु पौडेललाई बुझाएको ज्ञापनपत्रलाई बैठकमा एजेण्डाकै रुपमा प्रस्तुत गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बुधबार बुझाएको ज्ञापनपत्रमा विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, शत्रुधन महतो, ममता गिरी, जयन्ती राई, गरिमा साह, भाष्कर काफ्ले, रामकुमारी झाँकी, निरज आचार्य, प्रमलकुमार खनाल, मधव अर्याल, विजय गुरुङ, तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडा, रविन कोइराला, पशुपति चौलागाई, मेट्मणि चौधरी, विश्वनाथ प्याकुरेल र ठाकुर गैरेले हस्ताक्षर गरेका थिए। 


  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.