पीपीआर पाइपमा आकर्षण

पीपीआर पाइपमा आकर्षण

विज्ञान र प्रविधिको विकाससँगै पुराना मान्यता धरमरिन थालिसकेका छन्। त्यसैको पछिल्लो उदाहरण भएको छ, जीआई पाइप।


काठमाडौं : पीपीआर पाइप ग्राहकको प्रमुख रोजाइ बन्ने गरेको छ। सस्तो, बलियो र किफायती हुने भएकाले पनि यसको प्रयोग बढेको हो। नेपाटपका बजार प्रबन्धक विनोद महत यी पाइप बलिया भएकाले पनि सबैको रोजाइमा परेको बताउँछन्। ‘प्लास्टिकको पाइप भएकाले त्यसमा खिया लाग्ने समस्या हुन्न’, महतले भने, ‘उपभोक्ताको रोजाइमा सीपीभीसीको तुलनामा पीपीआर पाइप बढी पर्ने गरेको छ। हामी पनि सकेसम्म पीपीआर नै प्रयोग गर्न सिफारिस गर्छाैं।’

पीपीआर र सीपीभीसी पाइपले नेपाली बजारको ९५ प्रतिशत हिस्सा ओगटेको महतको दाबी छ। त्यसमध्ये पनि पीपीआरको हिस्सा ६५ प्रतिशत रहेको उनले बताए। बाँकी ३५ प्रतिशत बजार हिस्सा सीपीभीसीको छ। नेपाटपले विगत १२ वर्षदेखि नेपालमै पीपीआर पाइप उत्पादन गरी बिक्री वितरण गरिरहेको छ। लामो समयदेखि प्रयोगमा आएकाले पीपीआरप्रति ग्राहकको विश्वास बढी भएको महतको दाबी छ। वार्षिक एक सय करोड रुपैयाँ बराबर यसको कारोबार रहेको महतले जानकारी दिए।

पीपीआर शत्प्रतिशत हाइजेनिक कच्चापदार्थबाट बनाइन्छ। सीपीभीसीमा क्लोरिनको मात्रा बढी प्रयोग हुन्छ। पीपीआर मानवस्वास्थ्यका लागि पनि राम्रो हुने उनको भनाइ छ।

कम्पनीले २० एमएमदेखि एक १० एमएमसम्मको पीपीआर पाइप र १६ एमएमदेखि ६३ एमएमसम्मको सीपीभीसी पाइप उत्पादन गरिरहेको छ। ग्रामीण क्षेत्रमा पानीको मुहानदेखि घरदैलोमा पानी वितरण गर्न एचडीपीई पाइपको प्रयोग हुने गरेको छ। कम्पनीले १६ एमएमदेखि पाँच सय एमएमसम्मको एचडीपी पाइप उत्पादन गरिरहेको छ। जीआई पाइपको प्रयोग हुनै छाडेको उनी बताउँछन्। विश्व युद्धपछि भने पलास्टिक र तामाको पाइप प्रयोगमा आउन थालेसँगै जीआईको एकाधिकार तोडिन पुगेको देखिन्छ। क्लोरिनेटड पोलिभिनायल क्लोराइड (सीपीभीसी) पाइप सन् १९६० मा स्विट्जरल्यान्डको जेनेभाबाट उत्पादन सुरु भएको थियो। उनले भने, पोलीप्रोपिलिन र्‍यान्डम (पीपीआर) पाइपको सुरुवात सन् १९७०मा जर्मनीबाट भएको थियो।

प्लास्टिक प्रयोग गरेर निर्माण गरिएकाले सुरुवाती समयमा सीपीभीसी र पीपीआरले अपेक्षितरूपमा बजार हिस्सा ओगट्न सकेको थियो। फलाम बलियो हुन्छ भन्ने मान्यता छ। त्यही मान्यका कारण लामो समयसम्म घरदैलोमा पानी पुर्‍याउने पाइपका रूपमा जीआई अग्रणी स्थानमै रह्यो। समय सधैं एकनासले बग्दैन।

विज्ञान प्रविधिको विकाससँगै पुराना मान्यता धरमरिन थालिसकेका छन्। त्यसैको पछिल्लो उदाहरण भएको छ, जीआई पाइप। अहिले गाउँदेखि सहरसम्मका घरदैलोमा पानी पुर्‍याउने सारथी भइरहेको छ, पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ। विकसित युरोपियन तथा अमेरिकन मुलुकमा जीआई पाइप इतिहास भइसकेको छ। मानिसले वर्षैको कमाइ बचत गरेर घर निर्माण गर्ने गरेका छन्। सबैलाई आफ्नो घर राम्रो र बलियो होस् भन्ने चाहना हुन्छ। मानिस बस्ने स्थानमा पानीको आवश्यक हुन्छ। पाइपबाट मानिसले घरका किचन र वाथरुममा पानीको व्यवस्था मिलाउने गर्छ। त्यस्तो अवस्थामा स्तरीय पाइप छनोट गर्नुपर्ने हुन्छ।

कमसल पाइप प्रयोग गर्दा पानी चुहिने समस्या आउन सक्छ। पुराना घरमा पानीको जोहो गर्न जीआई पाइपको प्रयोग गर्ने गरिन्थ्यो। त्यसबेला समय जीआए पाइपको विकल्प थिएन। धारा जडान गन जीआई पाइप नै चाहिन्थ्यो। समय परिवर्तन भइसकेको छ। स्वदेशी र विदेशी उद्योगमा उत्पादित पाइप बजारमा उपलब्ध छन्। २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि नेपाली उद्योगीले प्रविधियुक्त पीपीआर र सीपीभीसी पाइप उत्पादनमा अग्रसरता देखाउन थालेका थिए।

अर्थ मन्त्रालयको तथ्यांकले पनि यस्तै देखाउँछ। आव २०६९÷७० मा चीनबाट दुई अर्ब ६८ करोड नौ लाख रुपैयाँ बराबरको जीआई पाइप आयात भएको छ। तर, आव २०७३÷७४ मा ४४ करोड नौ लाख रुपैयाँ बराबरको जीआई पाइप आयात भएको छ। जीआई पाइपको आयत घट्नुमा नेपाली प्रविधिमैत्री बन्नुका साथै नेपाली उद्योगले नै सीपीभीसी र पीपीआर पाइप उत्पादनमा लाग्नु नै प्रमुख कारण हो।

पीपीआर किन ?

पीपीआरको आयु सीपीभीसी र जीआईको तुलनामा अधिक हुन्छ। नेपाली कम्पनीले दाबाका साथ ५० वर्षको ग्यारेन्टीसहित पीपीआर र सीपीभीसी पाइप बेच्ने गरेका छन्। चुहावट नहुनका साथै खिया लाग्ने, कुहिने र चिर्किने समस्या हुन्न। तातो र चिसो पानीले पनि क्षति पुर्‍याउँदैन। पाइपमा ९० डिग्री तापक्रसम्मको पानी प्रवाह गर्दा पनि फुल्ने, तन्किने समस्या आउँदन। प्लास्टिको सामग्री प्रयोग गरेर निर्माण गरिएको भए पनि सल्ट र एसिडिक रियाक्सन हुँदैन। यी पाइप वातावरणमैत्री हुनका साथै पुनःप्रयोग गर्न सकिन्छ। भित्री भाग चिल्लो हुने भएकाले पानीको वेगलाई प्रभावित गर्दैन। सीपीभीसी पाइप आगोले पनि जल्दैन।

नेपालमै ५/६ वटा कम्पनीले पीपीआर र सीपीभीसी पाइप उत्पादन गर्दै आएका छन्। ती कम्पनीले उत्पादन गर्ने पाइपले नेपालको माग थेक्नसक्ने महत बताउँछन्। उनका अनुसार ९० प्रतिशतको हाराहारीमा नेपाली उत्पादनकै बजार हिस्सा छ तर पछिल्लो समय विदेशबाट आयात गर्ने कम्पनी वृद्धि भइरहेका छन्। ती कम्पनीले महँगो मूल्यमा अधिकतम् छुटसमेत दिने गरेका छन्। ग्राहक डिस्काउन्टको लोभमा विदेशी पाइपतर्फ आकर्षित हुने क्रम बढिरहेको छ। स्वदेशमा उत्पादित पाइप र विदेशी पाइपको मूल्यमा खासै अन्तर छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.