चम्कियाे फलामे डन्डीको बजार

चम्कियाे फलामे डन्डीको बजार

भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय गौरवका आयोजनाले गति लिन थालेसँगै फलामे डन्डीको बजार बढ्दो क्रममा छ। मजबुत र भूकम्प प्रतिरोधी घर र पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले पनि छडको बजार बढिरहेको व्यवसायी बताउँछन्। अम्बे ग्रुपका निर्देशक पूर्णभद्र पौडेल भन्छन्, ‘सामान्य घर बनाउँदा १० टन छड प्रयोग हुन्थ्यो, अहिले त्यसमा ५० प्रतिशतसम्म वृद्धि भएको छ। यसले पनि डन्डीको बजार विस्तार हुन मद्दत गरेको छ।’

सरकारले पनि भूकम्पपीडितको घर बनाउन भूकम्प प्रतिरोधात्मक हुनपर्ने नीति अबलम्बन गरेको छ। भूकम्पपीडितले अनुदानको रकमबाट घर बनाउँदा अनिर्वायरूपमा भूकम्प प्रतिरोधात्मक बनाउनुपर्छ। त्यसका लागि सरकारी इन्जिनियरबाट स्वीकृति लिनुपर्छ। यस अघि घर बनाउँदा फलामे डन्डीको प्रयोग नगर्ने पनि प्रयोग गर्न थालेका छन्।

नेपालमा स्टिल उद्योगको इतिहास पाँच दशक लामो छ। व्यावसायिक घराना ज्योति समूहले बाराको परवानीपुरमा ५७ वर्षअघि हिमाल आइरन सञ्चालनमा ल्याएको थियो। यो नै नेपालको पहिलो स्टिल उद्योग हो। पानी जहाज चलाउने पाँच सय हर्सपावरको जेनेरेटर ल्याएर उद्योग सञ्चालन गरिएको थियो।

उद्योग सञ्चालन गर्दा स्वचालित मेसिन थिएन। भट्टीमा डन्डी हाल्ने, चिम्टाले निकाल्ने गरिरहनु पथ्र्यो। बुट्टा नभएको सापट डन्डी उत्पादन हुन्थे। त्यसपछि टरस्टिल डन्डी उत्पादन हुन थाल्यो। अहिले टीएमटी प्रविधि भित्रिसकेको छ। मेसिनको बटम थिचेको भरमा बुट्टेदार डन्डी उत्पादन हुन्छ। सबै कम्पनीले टीएमटी प्रविधिबाट डन्डी उत्पादन गर्दै आएका छन्।

उत्पादन र उद्योगको अवस्था

नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका पूर्वअध्यक्ष साहिल अग्रवालका अनुसार फलामे डन्डीमा नेपाल आत्मनिर्भर भइसकेको छ। उत्पादनको गुणस्तर पनि अब्बल छ। कच्चापदार्थ भने भारतबाट आयत हुँदै आएको छ। नेपालमा कुल मागको ९५ प्रतिशत स्वदेशी उद्योगबाट आपूर्ति हुन्छ। नेपालको मागअनुसार नेपालमा वार्षिक एक खर्ब अर्बभन्दा बढी मूल्यबराबरको फलामे डन्डीको कारोबार हुने गरेको उनको भनाइ छ।

एसोसिएसनका पूर्वअध्यक्ष ध्रुवकुमार श्रेष्ठका अनुसार स्वदेशी स्टिल उद्योग स्थापना भएको ५० वर्ष भइसकेको छ। राजधानीसहित देशका अन्य सहरोन्मुख क्षेत्र पनि विस्तारै सहर बन्दै गयो। सडक निर्माणसँगै बढ्दै गएको सहरी क्षेत्रका कारण हरेक स्थानमा भौतिक पूर्वाधार, पुल, बहुतले भवन निर्माण हुन थाले। भौतिक पूर्वाधार निर्माणसँगै यस्ता सामग्रीको माग बढेसँगै उत्पादन गर्ने उद्योग पनि थप खुल्दै गए र फस्टाए पनि। अहिले देशभर गरी करिब २३ को संख्यामा उद्योग सञ्चालनमा छन्।

नेपालमा वार्षिक १५/२० प्रतिशतका दरले स्टिल उत्पादनको माग बढ्दै गएको पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ। व्यवसायीका अनुसार नेपालमा वार्षिक करिब साढे ११ लाख मेट्रिक टन फलामे छडको माग छ। तर, उद्योगको वार्षिक उत्पादन क्षमता भन्डै दोब्बर हाराहारीमा छ। स्वदेशी रोलिङ मिलसँग वार्षिक १२ लाख मेट्रिक टनभन्दा धेरै फलामे डन्डी उत्पादन गर्न सक्ने क्षमता छ।

अहिले नेपालमा टीएमटी र बार भएको दुई प्रकारमा आठ एमएम, १० एमएम, १२ एमएम, १६ एमएम, २० एमएम, २५ एमएम, २८ एमएम र ३२ एमएम व्यास भएको फलामे छड उत्पादन हुँदै आएको अम्बे स्टिलका निर्देशक पौडेलले जानकारी दिए। पहिले भारतको उत्पादनमा निर्भर रहेको मुलुक पछिल्लो ३/४ वर्षदेखि फलामे छडमा नेपाल पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ। पछिल्लो केही वर्षदेखि लोसेडिङको मार उद्योगले खेप्नुपरेको छैन।

लोडसेडिङ हुँदा आठ घन्टा मात्र सञ्चालन हुने उद्योग २४ घन्टै पूर्णक्षमतामा सञ्चालन भइरहेका छन्। बढ्दो माग सम्बोधन गर्न यसले राहत दिएको उनको भनाइ छ। पञ्चकन्याले २५ वर्ष मनाइसकेको छ। अम्बे उद्योग पनि स्थापना भएको करिब नौ वर्ष नाघिसकेको छ। अम्बेले आठ एमदेखि ३२ एमएमसम्मको डन्डी उत्पादन गरिएको हो। दैनिक आठ देखि १० मेट्रिक टन डन्डी उत्पादन हुने पौडेल बताउँछन्। पछिल्ला वर्ष उत्पादनसँगै डन्डीको माग पनि बढेको उनको भनाइ छ।

नेपालमा स्टिल उद्योगको इतिहास पाँच दशक लामो छ। व्यावसायिक घराना ज्योति समूहले बाराको परवानीपुरमा ५७ वर्षअघि हिमाल आइरन सञ्चालनमा ल्याएको थियो।

जगशक्ति स्टिलका ब्रान्ड म्यानेजर निरज गुप्ता डन्डीमा नेपाल पूर्णरूपमा आत्मनिर्भर अझै केही समय लाग्ने बताउँछन्। केही उद्योग खुल्ने क्रममा छन्। ती उद्योग सञ्चालनमा आएसँग भारतको परनिर्भता अन्त्य हुन्छ। अहिले भारतबाट पाँच प्रतिशत डन्डी आयत हुँदै आएको छ। पूर्वाधार निर्माणका कार्य प्राथमिकतासाथ अघि बढेको अवस्थामा अझै उद्योगको खुल्नुपर्छ। जगशक्तिले विगत पाँच वर्षदेखि उत्पादन गर्दै आएको छ। जगशक्ति बाराको जितपुरमा अवस्थित छ। दैनिक सात सय मेट्रिक टन डन्डी उत्पादन हुने जगशक्तिका ब्रान्ड प्रबन्धक निरज गुप्ताले बताए। उनका अनुसार कम्पनीले १० एमएमदेखि ३२ एमएमसम्मको टीएमटी डन्डी उत्पादन गर्दै आएको छ। कम्पनीको बजार हिस्सा १४ प्रतिशत भएको उनको दाबी छ।

अहिले मुलुकमा २३ वटा उद्योगले फलामे डन्डी र पाइप उत्पादन गर्दै आएको नेपाल गुणस्तर तथा नापतौल विभागले जानकारी दिएको छ। नेपालमा हाल हुलास स्टिल, कमला स्टिल, अशोक स्टिल, हिमाल स्टिल, जगदम्बा स्टिल, काठमाडौं स्टिल, लक्ष्मी स्टिल, अम्बे स्टिल, एभरेस्ट स्टिल, गोयन्का स्टिल र वागेश्वरी स्टिल सञ्चालनमा छन्। यसैगरी हामा स्टिल, नारायणी स्टिल, पञ्चकन्या स्टिल, पशुपति स्टिल, एसआर स्टिल, शाखः स्टिल, सालिमार स्टिल, मारुती नन्दन स्टिल, भगवती स्टिललगायत उद्योग सञ्चालनमा छन्। यस्ता उद्योग विराटनगर, वीरगन्ज, नवलपरासी, रूपन्देही, नेपालगन्ज, बारा, भैरहवा, सुनसरीलगायत कोरिडोरमा स्थापना भएका छन्।

स्वदेशी उत्पादनको गुणस्तर उच्च

नेपाली उद्योगले उत्पादन गरेका फलामे डन्डी उच्च गुणस्तरका रहेको गुणस्तर तथा नापतौल विभागको भनाइ छ। भारतीय उत्पादनभन्दा स्वदेशी उत्पादन निकै गुणस्तरीय रहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। उनका अनुसार विभागबाट अधिकतम स्वदेशी उद्योगले गुणस्तरसम्बन्धी एनएस चिन्ह लिएका छन्। वार्षिकरूपमा कुनैमा सामान्य त्रुटिबाहेक नेपाली छड, पाइप, जस्तापातामा हालसम्म अतिसंवेदनशील समस्या देखापरेका छैनन्। ‘भारतीय उत्पादनको तुलनामा स्वदेशी उत्पादनको गुणस्तर निकै भरपर्दो छ’, महानिर्देशक पुडासैनीले भने, ‘गुणस्तरमा खासै खोट लगाउने ठाउँ छैन।’ विभागले नेपाली उत्पादनको गुणस्तर अझै भरपर्दो बनाउन उच्च प्रविधिको उपकरणका माध्यमबाट छडको रसायनसम्बन्धी परीक्षणसमेत थालेको छ।

छडमा प्रयोग हुने कार्बन, सल्फर, फस्फोरसलगायत रसायनको मात्रा तोकिएभन्दा बढी प्रयोग भए÷नभएको विषयमा जानकारी लिने उद्देश्यले विभागले केही महिनाअघि ‘कार्बन सल्फर एनालाइजर’ भित्र्याएर गुणस्तरसम्बन्धी गहन परीक्षण सुरु गरेको छ। विभागले ४५ लाख रुपैयाँमा जर्मनीबाट उक्त एनालाइजर भियाएको हो। विभागले एनएक चिन्ह अंकित नभएको र बांगोटिंगो, मर्किएको, खिइएकोजस्ता समस्या देखिने छड खरिद नगर्न सुझाएको छ।

बजारको माग बढेसँगै नेपालका डन्डी उद्योग आत्मनिर्भर हुँदै गएका छन्। अम्बे ग्रुपका निर्देशक पूर्णभद्र पौडेलका अनुसार विगत तीन वर्षदेखि नेपाल डन्डीमा आत्मनिर्भर भएको बताउँछन्। उद्योग विस्तार हुने क्रम र लोडसेडिङको अन्त्यभएसँगै डन्डीको परनिभरर्ता अन्त्य भएको हो। पछिल्लो केही वर्ष डन्डी उद्योग खुल्ने क्रममा पनि बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.