टीट्वेन्टी महिला विश्पकप : भारतलाई हाराउँदै इङ्ल्याण्ड फाइनलमा

टीट्वेन्टी महिला विश्पकप : भारतलाई हाराउँदै इङ्ल्याण्ड फाइनलमा

एजेन्सी : वेस्ट इन्डिजमा जारी आइसीसी टीट्वेन्टी महिला विश्पकप प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा भारतलाई पराजित गर्दै इङ्ल्याण्ड फाइलनमा प्रवेश गरेको छ ।  शुक्रबार बिहान(स्थानीय समाय अनुसार बिहिबार राति) भएको खेलमा भारतमाथि ८ विकेटको जित निकाली इङ्ल्याण्ड फाइलनमा प्रवेश गरेको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको भारतको महिला टोलीले १९.३ ओभरमा सबै विकेट गुमाई ११२ रन बनाएको थियो । जवाफी ब्याटिङमा इङ्ल्याण्डले १७.१ ओभरमा १७ बल बाँकी छँदै २ विकेटको क्षतिमा ११६ रन बनाइ जित हात पार्‍यो । 

उपाधिका लागि इङ्ल्याण्डले आइतबार बिहान (स्थानीय समायअनुसार शनिबार राति) अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । 

स्थानीय समाय अनुसार बिहिबार राति नै भएको पहिलो सेमिफाइलन खेलमा अस्ट्रेलियाले पूर्वविजेता टोली वेस्ट इन्डिजलाई ७१ रनले हराउँदै फाइनलको यात्रा तया गरेको हो । 

सन २००९ बाट सुरु भएको टीट्वेन्टी महिला विश्पकप को यो छैटौं संस्करण हो । यसअघिका ५ विश्वकप मध्ये ३ उपाधि अस्ट्रेलियाले जितेको छ । इङ्ल्याण्ड र वेस्ट इन्डिज एक–एक पटक उपाधि जितेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.