अब इन्स्टाग्रामबाटै सपिङ

अब इन्स्टाग्रामबाटै सपिङ

इन्स्टाग्रामले आफ्ना प्रयोगकर्तामाझ नयाँ सुविधा थपेको छ। आफूलाई मन परेका सामानहरू इन्स्टाग्रामको ‘एप्स’मार्फत नै खरिद गर्न सकिने भएको छ। अब बिदाका दिनमा सपिङ गर्न बाहिर डुलिरहनै परेन, घरमै बसीबसी इन्स्टाग्राममा बेच्न राखिएका सामान आफू, परिवार वा कसैका लागि पनि किन्न सकिन्छ।

केही दिनअघि इन्स्टाग्रामले सपिङको यस्तो निर्णय गरेको हो। यो सपिङ च्यानलले इन्स्टाग्राम प्रयोगकर्तालाई सुविधा हुने कम्पनीको विश्वास छ। यस्तो नयाँ फिचर पाउन प्रयोगकर्ताले इन्स्टाग्रामको नयाँ भर्सन डाउनलोड गर्नुपर्छ। प्लेस्टोरमा गएर ‘युजर’हरूले पछिल्लोपटक अपलोड भएको इन्स्टाग्रामको एप्स डाउनलोड गर्न सक्नेछन्।

बेच्ने सामानहरूको तस्बिर अथवा भिडियो इन्स्टाग्राममा अपलोड गर्नुपर्छ। अर्थात्, प्रयोगकर्ताले बिजनेस पेजमा गएर आफूलाई आवश्यक वा मन परेको सामान बुक गर्न सक्छन्। आफूलाई बेच्न मन लागेका सामानहरू पनि इन्स्टाग्राममा ‘सो’ गर्न सक्छन्। पेजमा ‘सो’ बटम हुन्छ। प्रयोगकर्ताले त्यहाँ क्लिक गरी सम्पूर्ण सामान अवलोकन गर्न सक्छन्। प्रदर्शनमा राखिएका सामानको मूल्य, नाम त्यहीँ उपलब्ध हुन्छ। आफूले बुक गरे पनि सामान इन्स्टाग्रामको पहिलेकै ठाउँमा बसिरहन्छ। अरू प्रयोगकर्ताले पनि सामानको बारेमा हेर्न पाउँछन्।

इन्स्टाग्राम प्रयोगकर्ता सुरुमा आफ्नो प्रोफाइलमा जानुपर्छ। प्रोफाइलको दाहिनेतिर तीनवटा लाइन हुन्छ। त्यसमध्ये ‘होरिजेन्टल’ लाइनलाई सेलेक्ट गर्नुपर्छ। त्यहाँ ‘सेभ्ड’ बटम हुन्छ। त्यसभित्र ‘अल’ र ‘कलेक्सन’ हुन्छ। त्यहाँबाट आफूलाई मन परेको सामान खरिद गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.