भेजिटेबल मिक्स सुप
जाडो महिनामा तातोतातो सुप खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। आम रूपमा सुप भन्नाले हामी खसी वा लोकल कुखुराको मासुको झोलको मीठो स्वाद सम्झन्छौं। तर सुप मासुको मात्र नभएर च्याउ, विभिन्न मसला वा तरकारीको पनि बन्न सक्छ।
रुघाखोकी लागेर हैरान भएको अवस्थामा, चिसोले कमजोर भएको बेला सुपले हाम्रो शरीरमा तागत प्रदान गर्छ। यहाँ भेजिटेबल मिक्स सुप बनाउने तरिका दिइएको छ।
चाहिने साम्रगी
च्याउ, गाजर, काउली, क्याप्सिकम, प्याज, अदुवा, लसुन ‐आवश्यकताअनुसार)
मक्खन, अजिनोमोटो, नुन, हट एन्ड स्विट सस, हरियो धनियाँ ‐स्वाद अनुसार) मैदा एक चम्चा
बनाउने विधि
च्याउ, गाजर, काउली, क्याप्सिकम, प्याज ससानो पिस बनाएर काट्ने। मक्खनमा प्याज राखेर मधुरो आँचमा पकाउने। प्याज रातो भएपछि लसुन, अदुवा, पेस्ट हालेर दुई मिनेट पकाउने। च्याउ लगायतको मिक्स तरकारी राखेर एकछिन चलाउने।
नुन, खुर्सानी, अजिनोमोटो र स्वाद अनुसारका अन्य मसला पनि प्रयोग गर्न सकिन्छ। एक चम्चा मैदा हालेर एकछिन पकाउने। चाहिने मात्रामा पानी हालेर सुप उमाल्ने। सानो आँचमा दुई मिनेट जति पकाएमा सुपको स्वाद मीठो हुन्छ। अब सुप तयार भयो। तयार भएको सुपमा सस र हरियो धनियाँ छर्केर सर्भ गर्न सकिन्छ।