विवाह गरेको ६ महिनामै छोरी
बलिउड अभिनेत्री नेहा धुुपियाले विवाह गरेको ६ महिनामै आइतबार छोरी जन्माएकी छन्। उनलाई बधाई दिन खारस्थित अस्पतालमा सेलिब्रिटीहरूको भीड लागेको थियो।
आमा र बच्चा स्वस्थ रहेको बताइएको छ। नेहाले प्रेमी अंगद वेदीसँग विवाह गरेकी थिइन्। धेरैले बिहेअघि नै उनी गर्भवती रहेको अड्कल गरेका थिए ।