स्वप्नको स्वप्निल यात्रा

स्वप्नको स्वप्निल यात्रा

युवा स्वप्न सुमन (२२)का संसारभर करोडौं प्रशंसक छन् । प्रायः चुपचाप बसिरहने र आफ्नै दुनियाँमा मस्त रहने स्वप्नको कलिलो मुहार तर खारिएको आवाजले धेरैको मन जितेको छ ।स्वप्न सुमनको वास्तविक नाम सुमन थापा हो । कर्मा रेकर्डसँग अफिसियल्ली रूपमा सन् २०१४ बाट उनले आफ्नो गायन यात्रा सुरु गरेका थिए । त्यसपछि उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।

हिले स्वप्न कति व्यस्त छन् भने यो वर्षभर उनीसँग समय छैन । अबको एक वर्ष केही म्युजिकल कन्सर्ट छ । उनले भने, ‘र नयाँ एल्बमको पनि तयारी गर्दैछु ।’ प्रायः म्युजिक सिक्ने र बनाउने काममा नै व्यस्त रहन मन पराउने स्वप्नले गाएका एकपछि अर्को गीतले युट्युबमा सनसनी मच्चाएको छ । एक वर्षअगाडि उनको ‘कसरी भनूँ’ बोलको गीतमा दुई करोड चालीस लाखको भ्यु छ ।

‘म तिम्रो’, ‘दी कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेलो’, ‘थाहै भएन’, ‘जाने कुरा नगर’जस्ता उनका थुप्रै गीत चर्चित छन् ।

हाल स्वप्नको लेटेस्ट सङ ‘साथी’ (फ्रेन्ड्स फरेवर)को म्युजिक भिडियो टिनेजरमाझ लोकप्रिय बन्दैछ । तर, स्वप्नलाई आफू लोकप्रिय छु जस्तो विल्कुल लाग्दो रहेनछ । धेरै मानिसको भावना र निजी जीवनसँग गीत जोडिँदा त्यो आफैं लोकप्रिय बनेको हुनुपर्ने उनको ठम्याइ छ । भन्छन्, ‘मेरा गीत हृदयबाट निस्केका हुन्छन् । त्यहाँ इमानदारिता हुन्छ । सायद त्यसैले मानिसहरू मेरो म्युजिकसँग आफूलाई जोड्न सक्छन् ।’

जब स्वप्न हातमा गिटार बोकेर गाउन बस्छन् । उनको आवाज       श्रीकृष्णले बजाउने बाँसुरीको धुनजस्तै गुञ्जन थाल्छ । र, सुन्नेहरू त्यसै मन्त्रमुग्ध हुन पुग्छन् । उनको गीतको लिरिक्स पनि निकै सरल हुन्छ, सजिलै बुझ्न र सम्झन सकिने ।

स्वप्नका फ्यानहरू यति धेरै छन् कि प्रत्येक दिन टेक्स्ट म्यासेजले उनको मोबाइल भरिन्छ । मेरा फ्यानहरू मेरा हरेक सोमा आउँछन् । उनी भन्छन्, ‘यसले मलाई साँच्चिकै राम्रो अनुभूति दिलाउँछ ।’

सानैदेखि गायक बन्ने इच्छाले नै उनलाई आज यो ठाउँमा पुर्‍यायो । कक्षा ४ मा हुँदा पहिलो पल्ट गीत गाएको उनी बताउँछन् । स्वप्न अहिले जति सफल छन् उनको सांगीतिक यात्रा त्यति नै अप्ठेरो थियो रे । कुनै समय उनले रेस्टुरेन्टमा वेटरको समेत काम गरे ।

स्वप्नका लाखौं डाइहर्ट फ्यान छन् । धेरैजसो केटी फ्यान स्वप्नको एक झलकका लागि मरिहत्ते गर्छन् । उनको कन्सर्ट सकेसम्म छुटाउँदैनन् । तर, स्वप्न कसका फ्यान हुन् त ?       स्वप्न भन्छन्, ‘अहिले म पूर्ण रूपमा म्युजिकमा मात्र केन्द्रित छु । लभ गर्न त पूरै जिन्दगी बाँकी छ ।’ स्वप्नको म्युजिक मात्र होइन, लामो कालो कपालको पनि त्यति नै चर्चा हुने गर्छ । भन्छन्, ‘कपालको स्याहार गर्न दही प्रयोग गर्छु ।’ स्वप्नको जीवनशैली कस्तो होला भन्ने जिज्ञासा पनि धेरैलाई हुन्छ । उनी भन्छन्, ‘मेरो जीवन जिउने तरिका एकदम सिम्पल छ । एक त म आशावादी छु र अर्को निकै संवेदनशील ।’

स्वप्नको यही स्वभावले नै होला, उनी नेपाली म्युजिक इन्डस्ट्रीमा जमेका छन् । उनका प्रायः सबै गीत व्यक्तिका वास्तविक घटनाबाट प्रभावित छन् । भन्छन्, ‘जबसम्म म कुनै घटना र व्यक्तिबाट प्रभावित हुन्न, तबसम्म गीत बनाउँदिनँ । तर कुनै कुराले मन छोएपछि अटोमेटिक गीत फुर्छ ।’ भविष्यमा म्युजिक डिरेक्टर बन्ने सपना बोकेका स्वप्न रियल कुरा खोल्छन्, ‘प्रत्येक स्टेज प्रर्फमेन्सअगाडि मेरो मुटु जोडले धड्किन्छ । म नर्भस हुन्छु । सबै कुरा नौलो लाग्छ । निकै अनौठो अनुभव हुन्छ ।’ सिंगर, लिरिसिस्ट र कम्पोजरसमेत रहेका स्वप्न अहिले आर्बिटरी ग्रुपमा आबद्ध छन् ।

स्वप्नलाई गायक रोहित जोन क्षेत्रीको स्वर निकै मन पर्छ । म्युजिक फिल्डमा आउन पे्ररित गर्नेमा एड सेरेनाको नाम लिन रुचाउँछन् । स्वप्नसँग थुप्रै राम्रा गीतको कलेक्सन छ ।

काठमाडौंका रैथाने स्वप्न गायनबाहेक ट्राभलिङ र कुकिङमा पनि उत्तिकै रुचि राख्छन् । उनले आफ्नो म्युजिक करिअर स्टेजमा भजन गाएर सुरु गरेका थिए । यसका लागि इन्डिया गएको बताउँछन् उनी ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.