इन्टरनेसनल ‘मेन्स डे’

इन्टरनेसनल ‘मेन्स डे’

‘इन्टरनेसनल वुमन्स डे’ संसारभर प्रसिद्ध छ। ८ मार्चका दिन विभिन्न कार्यक्रम गरेर महिला दिवस मनाइन्छ। यो दिन नेपालमा पनि विभिन्न कार्यक्रम हुने गरेका छन्। वुमन्स डेजस्तै संसारमा मेन्स डे पनि मनाइन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन। गत सोमबार अर्थात् नोभेम्बर १९ मा अन्तर्राष्ट्रिय ‘मेन्स डे’ मनाइयो। नेपालमा भने यसको खासै चर्चा भएन। ‘इन्टरनेसनल मेन्स डे’, वुमन डेलाई ‘च्यालन्ज’ दिन ल्याइएको भने हैन।

सन् १९९२ मा थोमस ओस्टरले मेन्स डे सुरु गरेका थिए। सन् १९९२ मा सुरु भए पनि सन् १९९९ सम्म यो लगभग निष्क्रिय रह्यो। फेब्रुअरी १९९९ मा क्यारिबियन आइसल्यान्डको ट्रिनिड्याड र टोबागोमा यसको पुनः उदय भयो। जेरोम तिलकसिङले १९ नोभेम्बरमा मेन्स डे मनाउने घोषणा गरे। तिलकसिङ ट्रिनिड्याड र टोबागोका चिकित्सकसमेत हुन्। १९ नोभेम्बर तिलकसिङको बुवाको जन्मदिन पनि हो।

विश्वव्यापी रूपमा मनाइने यो दिनमा मान्छेको स्वास्थ्यलाई विशेष ख्याल गरिन्छ। मान्छेको स्वास्थ्य, परिवारभित्र रहेको समस्या र सम्पूर्ण समाजमै रहेका अप्ठ्यारासँग जुध्न यो दिन मनाउन थालिएको हो। पुरुषको मानसिक स्वास्थ्य र आत्महत्यालाई पनि मेन्स डेले सम्बोधन गर्छ। त्यस्तै लैंगिक समानता हुनुपर्छ भन्ने पनि मेन्स डेको मूल मर्म हो।

डिप्रेसनको समस्या संसारभर नै विकराल बनेर देखिएको छ। आत्महत्या गर्नेहरू दिनानुदिन बढिरहेका छन्। आत्महत्या गर्नेमा ४५ वर्षमुनिका युवा धेरै छन्। अन्तर्राष्ट्रिय मेन्स डेले मानसिक स्वास्थ्यका बारेमा छलफल गर्न ‘स्पेस’ उपलब्ध गराउँछ। मान्छेलाई सकारात्मक सोचतिर उन्मुख गराउनुका साथै शारीरिक पक्षहरूका बारेमा पनि ध्यान दिन्छ। ‘इन्टरनेसनल मेन्स डे’ले जीवनका अन्य आयामलाई पनि समेटेको हुन्छ। गरिबी, भोक, घरबारविहीनता, परिवारविहीनता, धार्मिक तथा जातीय सहनशीलता आदिलाई पनि समेट्ने गरेको छ।

जमैका, अस्ट्रेलिया, भारत, चीन, अमेरिका, बेलायत, स्कटल्यान्ड, सिंगापुरजस्ता देशमा मेन्स डे चर्चित छ। माल्टामा त यो दिनलाई विशेष रूपमा लिइन्छ। त्यहाँ सन् १९९४ फेब्रुअरी ७ देखि नियमित यो ‘इभेन्ट’ मनाइँदै आएको छ।

तिलकसिङका अनुसार नोभेम्बर १९ ‘जेन्डर डे’ हैन। मेन्स डेलाई त्यसरी बुझ्दा गलत हुन्छ। यसले मान्छेका समस्यालाई सम्बोधन गर्ने हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.