अमेरिकामा मोटोपना टाउको दुःखाइ

अमेरिकामा मोटोपना टाउको दुःखाइ

मोटोपनाको समस्या संसारभर भएकाले यसको चर्चा व्यापक छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१६ मा १८ वर्षभन्दा माथिका ४० प्रतिशत मानिस मोटोपनाको सिकार थिए। अमेरिकामा भने यसको अवस्था अझ भयावह देखिएको छ। अमेरिकामा २० वर्ष माथिका ७० प्रतिशत व्यक्ति मोटोपनाले ग्रसित छन्। झन्डै ४० प्रतिशत अत्यधिक मोटा छन्।

मोटापनासँगै थुप्रै समस्या आउने चिकित्सकको भनाइ छ। यसबाट सामान्य रोग मात्र होइन जटिल मुटुरोग, मधुमेह, क्यान्सर, कोलेस्ट्रोल आदिको समेत सम्भावना रहन्छ। अमेरिकाको वालेट हब वेबसाइटले अमेरिकाका हरेक राज्यमा जटिल समस्याका रूपमा देखिएको मोटोपनासम्बन्धी विशेष अध्ययन अघि बढायो।

निष्क्रिय र अस्वस्थ जीवनशैलीले यस्तो समस्या ल्याएको बताइएको छ। मोटोपनाले मान्छेको समग्र स्वास्थ्य अवस्थामा समस्या ल्याउने बताइएको छ। मिसिसिपी राज्यमा सबैभन्दा बढी वयस्क र केटाकेटी मोटोपनाको सिकार भएका छन्। त्यहाँका युवाले फलफूल, सागसब्जीजस्ता शरीरलाई अत्यावश्यक पर्ने खानेकुराको सट्टा फास्टफुड मात्रै खाने गरेको देखियो। उनीहरूले न्यूनतम शारीरिक व्यायामसमेत नगरेको देखिएको छ। अधिकांशमा उच्च रक्तचापको समस्या देखिएको छ। त्यस्तै कोलोराडो सबैभन्दा स्वस्थ राज्यको रूपमा देखिएको छ। त्यहाँका युवा तुलनात्मक रूपमा सक्रिय र स्वस्थ पनि देखिएका छन्।

युटा र हवाई राज्यले मोटोपनाको क्षेत्रमा चामत्कारिक उदाहरण प्रस्तुत गरेका छन्। युटाले मोटोपनाको क्षेत्रमा सबैभन्दा राम्रो उदाहरण प्रस्तुत गरेको छ। त्यहाँ बालबालिकाको मोटोपनाको दर कम देखिनुका साथै मधुमेह रोगीको संख्या पनि कम देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.