प्रविधिको प्रभुत्व रोकिँदैन
संसारभर प्रविधिको प्रभाव बढ्दो छ । मान्छेको सुविधामा प्रविधिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रविधिको सहायताले काम छिटो÷सजिलो गराउने कुरालाई नकार्न सकिँदैन । प्रविधिको बेफाइदा पनि उत्तिकै छ । यही रूपमा प्रविधिको विस्तार बढ्ने हो भने यसले समस्या ननिम्त्याउला भन्न सकिन्न ।
त्यसैले प्रविधिको अति प्रयोगलाई रोक्नुपर्ने धारणा बेलाबेलामा आउने गर्छ । तर, यो धारणालाई बेवास्ता गर्दै एप्पलका प्रमुख कार्यकारी टिम कुकले प्रविधिको बढोत्तरीलाई रोक्न नसकिने बताएका छन् । सिलिकन भ्यालीमा रहेको प्रविधिको व्यापार कुनै पनि कानुनले कमजोर बनाउन नसक्ने उनको भनाइ छ । गत आइतबार ‘एक्सिओ ब्रोडकास्ट’सँग कुरा गर्दै उनले भने, ‘प्रविधिमा सरकारको हस्तक्षेप हुनु हुँदैन । स्वतन्त्र भएर काम गर्न पाउनुपर्छ ।’
आफू ‘फ्री मार्केट’को पक्षमा रहेको उनले बताएका थिए । उनले भने, ‘कहिलेकाहीँ यस्तो अवस्था आइलाग्छ, सरकारको हस्तक्षेप रहँदा पनि काम गर्नुपर्ने अवस्था आउँछ । हस्तक्षेप हुनु सामान्य हो ।’ पैसा संकलन गर्नु र ग्राहकहरूको डाटा संकलन गर्नु मात्र प्रविधिको काम नभएको उनले बताएका थिए । प्रविधिले योभन्दा महŒवपूर्ण काम गरिरहेको उनको विश्वास थियो ।
प्रविधि, ‘प्राइभेसी’ र ‘फ्रोफिट’को बीचमा मात्र नअल्झिएको कुक बताउँछन् । त्यस्तो सोचिन्छ भने गलत भएको उनले बताए । प्रविधिलाई पैसाभन्दा माथि राखेर सोच्न पनि उनको सुझाव छ । निश्चित स्वार्थसँग प्रविधिलाई जोडेर व्याख्या गरिन्छ भने त्यो गलत निष्कर्ष हुने उनको भनाइ छ ।