डडेलधुरामा भएको दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं : बिहीबार डडेल्धुराको भएको सवारी दुर्घटनाप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। डडेल्धुरा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको गृहजिल्ला हो।
बिहीबार डा. केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा दर्जनौ घाइते छन्।
त्यसैगरी देउवाले शुक्रबार दार्चुलामा मिनीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोप्रतिसमेत गहिरो दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनाका मृत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
सँगै देउवाले उक्त घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।