सुर्खेतका १७ वर्षीय किशोरले बनाए कार

सुर्खेतका १७ वर्षीय किशोरले बनाए कार

सुर्खेतः सुर्खेतका एक विद्यार्थीले मोटरसाइकलको इन्जिन प्रायोग गर्दै कार निर्माण गरेका छन्। कक्षा १० मा पढ्दै गरेका किशोरले बिदाको समयलाई सदुपयोग गर्दै कार निर्माण गरेका हुन्। 

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका-९ विद्यापुरका दर्पण खरालले मोटरसाइकलको इन्जिन प्रयोग गरी कार बनाएका हुन्। 'बग्गी' नाम दिइएको उक्त कार एक महिनाको मेहनतपछि निर्माण गर्न सफल भएका हुन्। 'दसैं तिहारमा स्कुल विदा थियो, बिदामा केही गरौं भन्ने सोचले कार बनाउन थाले, उनले भने, 'प्रयास गर्दा सकिदो रहेछ, मोटरसाइकलको इन्जिन निकालेर कारमा रुपान्तरण गरेँ।' उनले आगामी दिनमा सबैको सहयोग पाएमा प्यारामोटर (उड्ने गाडी) बनाउने योजना रहेको बताए । 

पुरानो मोटरसाइकलको इन्जिनमा अन्य सामग्री जडान गरेर कारको निर्माण गरेका उनले सबै इन्जिन नेपालमै उपलब्ध भए ११ लाखमै कार निर्माण गर्न सकिने दाबी गरे । मोटरसाइकलका इन्जिनहरु, पुराना टायरहरु, फलामका सामग्रीहरु प्रयोग गरिएर निर्माण गरिएको कारले पूर्ण आकार भने पाइसकेको छैन। कार बनाउन करिब तीन लाख खर्च भएको दर्पणले बताए।

प्रविधिप्रति सानैदेखिको लगाप र युटुवको सहायताले कार बनाउन सफल भएको उनको भनाइ छ। दर्पणले यसअघि पनि विभिन्न सामग्री निर्माण गरेको बताएका छन्। केही महिनाअघि रिमोट अन्ट्रोलर कार, अटो अनअफ लाइट (रातिमा आफैं बल्ने र दिउँसोमा अफै निभ्ने बत्ती) र पानीको उचाई नाप्ने यन्त्रसमेत बनाएका थिए। १७ वर्षका दर्पण वीरेन्द्रनगर-८ खजुरास्थित विद्याज्योती सहकारी विद्यालयमा कक्षा १० मा अध्ययन गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.