चार उत्कृष्ट करदाता सम्मानित

चार उत्कृष्ट करदाता सम्मानित

जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय जनकपुरले चार जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । 

‘कर : समृद्ध नेपाल, सुखी नेपालीको कर’ भन्ने मुल नाराका साथ मनाइको कर सप्ताह कार्यक्रम अन्र्तगत महोत्तरी, धनुषा, सर्लाही र सिन्धुली गरी चार जिल्लाका चारजना व्यवसायीलाई सम्मान गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेँल र आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत जय भण्डारीले करदातालाई संयुक्त रुपमा सम्मान गरेका हुन्। 

चार जिल्लाका करिब ८५ हजार करदतामध्ये महोत्तरीबाट  आर.सी. लिड एण्ड ब्याट्री उद्योग बर्दिबास, सर्लाहीबाट साहारा विकास बैंक मंलगवा, धनुषाबाट मिथिला लघु वित वित्तिय लि. ढल्केबर र सिन्धुलीबाट ममता आयल सेन्टर भिमानले धेरै कर दाखिता गरेको सूचीमा परेको हो। 

जिल्ला–जिल्लाका उद्योगीबाट सबै भन्दा बढी कर तिर्ने एक–एक जना उद्योगी—व्यवसायी छनोट गरी उत्कृष्ट करदातको रुपमा सम्मान गरिकोे  कर अधिकृत रामप्रकाश महताले जनाए।

आन्तरिक राजस्व कार्यालय जनकपुरले आफ्नै कार्यालयमा आयोजना गरेको एक समारोहकाबीच सबै भन्दा बढी कर तिरेर उत्कृष्ट व्यवसायी बनेकालाई सम्मान गरिएको थियो।

करदातलाई कर शिक्षाको अभाव रहेको मिथिला लघु वित वित्तिय लि. ढल्केबरका सिइओ सत्यदेव राउतले बताए। ‘कर देशको मेरुदण्ड हो,’ उनले भने, ‘करले देश चल्छ। करदाताले अनुशासित भएर कर तिर्ने बानीको विकास गर्नु पर्छ।’ कर शिक्षाको अभावमा करदताहरु कर तिर्न भौतारिन बाध्य भइरहेको उनले औंल्याए।

साहारा बैंक लि. मंलगवा सर्लाहीका अध्यक्ष सञ्जय गुप्ता ग्रामीण भेगमा सडक सुविधा नपुग्दा व्यवसायीलाई आयात निर्यात गर्न समस्या भएको बताए। उनले भने, ‘सडक सुविधा पुगे मधेशमा कर दुई गुणाले वृद्धि हुन्छ।’

बिग्रेका ब्याट्रीबाट लिड उत्पादन गरेर भारतमा लिड निर्यात गरेर वर्षेनी करिब २८ करोड आम्दानी देश भित्र्याउँदै आएका आर.सी. लिड एण्ड ब्याट्री उद्योग बर्दिबासका संचालक विनोद भण्डारीले कच्चा पदार्थ अभावमा उद्योग संचालन गर्न समस्या भइरहेको बताए।

‘नेपालका बिग्रेका ब्याट्री तस्करी भएर कडौंको मूल्यमा सीमा नाका हुँदै भारती बजारमा पुग्छ,’ उनले भने, ‘तस्करी रोक्न प्रहरी प्रशासनले ध्यान दिनुपर्छ।’ अन्य मुलुकबाट बिग्रेका ब्याट्री नेपाल ल्याउन दिने व्यवस्था मिलाई दिन सरकारसँग माग गर्दै उनले भने,‘कर तिर्न व्यवसायी डराउने गर्छ। कर डरले होइन् रहरले तिर्ने वातावरण बन्नुपर्छ।’

देशमा तीन तहको सरकारको स्थापना भएपछि करका प्रणली परिवर्तन भएकाले कर तिर्न सूचनाको अभावमा  व्यवसायीलाई अन्यौलता थलिएको जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले बताए।

‘व्यवसायीलाई कर शिक्षा नभइनहुने भयो। करदातासँग कर्मचारीले मिठो बोलेर कर तिर्न लोभ्याउन सक्नुपर्छ,’ उनले भने।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेँलले  राज्यको ढुकुटी बढाउन कर तिर्न नागरिकको कर्तव्य रहेको बुझ्नु पर्नेका जोड दिए। ‘कर कार्यालयका कर्मचारीले करदाताको विश्वास जित्ने गरी काम गर्नुपर्छ।’ 

आर्थिक वर्ष २०७५—०७६ मा २ अर्ब ९८ करोड  ४ हजार राजस्व उठाउने लक्ष्य लिएको आन्तरिक कर कार्यालय जनकपुरले पहिलो चौमासिकमा लक्ष्यभन्दा २० प्रतिशत कर संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत जय भण्डारीले जनाए। ‘करसँग व्यवसायीले डराउने वातावरणको अन्त्य गरेका छौं। त्यसैले लक्ष्यभन्दा बढी कर संकलन भयो।’ 

नेपाल भरका १० उत्कृष्ट कर कार्यालयका कर्मचारीमध्ये आन्तरिक कर कार्यालय जनकपुरका अधिकृत रामप्रकाश महतो उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन्। कर सप्ताहको अवसरमा आन्तरिक कर कार्यालय जनकपुरका हलका सवारी चालक राजेशकुमार कर्णलाई प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.