प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

प्रकाश स्मृति कपको उपाधि प्लानिङ ब्वाइजलाई

दोलखा : स्वर्गीय प्रकाश दाहालको स्मृतिमा दोलखामा सञ्चालन भएको प्रथम प्रकाश स्मृति कप– २०७५ को उपाधि प्लानिङ ब्वाइजले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक दोलखालाई २–१ ले पराजित गर्दै काठमाडौंको प्लानिङ ब्वाइजले उपाधि हात पारेको हो ।  

निकै रोमाञ्चक खेलमा प्लानिङ ब्वाइजका लागि खेलको चौथो ४ मिनेटमै विदेशी खेलाडी काशीले गोली टोलीलाई अग्रता दिलाएका थिए ।  १७ औं मिनेटमा पिटर सेगुनले अर्को गोल गरी प्लानिङ ब्वाइजको अग्रता दोब्बर बनाए । 

 दोलखाका लागि हिमाल श्रेष्ठले ३६ औं गोल गरी टोलीलार्इ खेलमा फर्काउने प्रयास गरे ।  त्यसपछि पूरा समयसम्म दुवै टोलीका गोल गर्ने प्रयास सफल हुन सकेनन्।  २–१ को जित हात पार्दै प्लानिङ ब्वाइज उपाधि जित्न सफल भयो ।  मैदानमा हजारौं घरेलु दर्शकको साथ पाएको आयोजक दोलखाले उपविजेतामै चित्त बुझायो । 

 
विजेता प्लानिङ ब्वाइजले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो ।  उप विजेता दोलखाले नगद १ लाख २५ सहितको पुरस्कार पाए ।सेमिफाइनसम्म पुगेका दिपशिखा क्लब नैकाप र एपीएफले ३०/३० हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गरे । 

प्रतियोगिताका विजेताहरुलाई खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पुरस्कार र प्रमाण पत्र वितरण गरेकी थिइन् । स्वर्गीय प्रकाश दाहालकी पत्नीसमेत रहेकी मन्त्री मगर प्रतियोगिता समापनकी प्रमुख अतिथीका रुपमा उपस्थित थिइन् । 

विजेता प्लानिङ ब्वाइजका​ खेलाडीहरु ट्रफी र पुरस्कारका साथमा । तस्बिर सौजन्य : सुरेन्द्र पौडेल

प्रतियोगिताको उत्कृष्ट किपरमा प्लानिङ ब्वाइजका विष्णु केसी, बेस्ट डिफेन्डर दोलखाका विवेक बुढाथोकी,  उत्कृष्ट स्ट्राइकरमा दोलखाकै हिमाल श्रेष्ठ  र दोलखाकै सुजन श्रेष्ठ म्यान अफ दी टुर्नामेन्ट बन्न सफल भए दिपशिखा युवा क्लव नैकापका दावा शेर्पाले हाई स्कोररको पुरस्कार पाए । 

व्यक्तिगत विधामा उत्कृष्ट सबैले जनही नगद १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे। पूर्ण संगठित सामाजिक शैक्षिक अभियान (रिनेजम) नेपालको आयोजना र दोलखा जिल्ला फुटल संघको व्यवस्थापनमा मंसिर १ देखि प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा राष्ट्रिय स्तरका क्लब एपीएफ र कुमारीसहित १२ टिम सहभागि थिए।  

प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिताका संयोजक मिन कु. शिवाकोटीले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्ने बताए ।  हरेक वर्ष मंसिर १ गते देखि ७ गतेसम्म दोलखाको चरिकोटमा प्रकाश दाहाल स्मृतिकप फुटबल प्रतियोगिता आयोजना गरिने उनले जानकारी दिए । यस मात्रै नभएर चरिकोटलाई खेल नगरीको रुपमा विकास गर्नसमेत आफूहरु लागेको शिवाकोटीले दाबी गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.