नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कावासोती :  बुटवल - नारायणगढ सडक अन्तरगत पूर्वी नवलपरासीको गैडाकोटस्थित हर्कपुरमा शनिबार बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। जुम्ला हुँदै काठमाडौंका लागी छुटेको ना ५ ख ३९८७ नम्बरको बसले विपरीत दिशाबाट जादैँ गरेको ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पूर्वी नवलपरासी गैडाकोट नगरपालिका - १३ का २० वर्षीय अनिल पौडेल र वडा नं १ का १९ वर्षीय कृष्ण सापकोटाको मृत्यु भएको प्रहरीले जनाएकाे छ। दुर्घटना गराउने बस बेल्डिया अस्थायी प्रहरी चौकीकाे नियन्त्रणमा राखिएकाे छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.