रोमान्टिक मुडमा रणवीर

रोमान्टिक मुडमा रणवीर

बलिउड फिल्मका चर्चित कलाकारद्वय रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिएपछि चर्चाको शिखरमा छन्। इटालीको ‘लेक कोमो’मा गएको बुधबार उनीहरूको विवाह भएको हो। विवाह समारोह निकै शानदार तरिकाले सजाइएको थियो। दीपिकालाई अत्यधिक मन पर्ने वाटर लिलीको प्रयोगले मण्डप डेकोरेट गरिएको थियो।

बलिउडकै लागि उनीहरूको विवाह यो वर्षकै सबैभन्दा ठूलो विवाह हो। उनीहरू ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेपछि विवाहबन्धनमा बाँधिएका हुन्। ‘रामलीला’को सुटिङको समयदेखि उनीहरूबीच प्रेमसम्बन्ध रहेको बताइन्छ। दीपिका रणवीरको विवाहको १३ नोभेम्बरका दिन संगीत र मेहन्दी कार्यक्रममा बेजोडको नृत्य सहितको नाचगान चलेको थियो। निकै रोमान्टिक मुडमा रहेका रणवीरले ‘तुने मारी एंट्री’ बोलको गीत गुनगुनाएका थिए। संगीत कार्यक्रममा उनीहरूले कपल डान्स पनि गरेका थिए।

दीपिका काेंकणी समुदाय र रणवीर सिन्धी समुदायका भएकाले उनीहरूले दुवै समुदायको चलनअनुसार विवाह गरेका हुन्। विवाहका क्रममा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो। विवाहको कुनै पनि तस्बिर लिक नहोस् भनेर पाहुनालाई मोबाइल फोन बोक्न निषेध गरिएको थियो। सुरक्षागार्डले बोक्ने मोबाइलमा क्यामेराको लेन्स स्टिकर टाँसेर छोपिएको थियो।

विवाहलाई निजी राख्ने निर्णयअनुसार निकै कम आफन्त र साथीभाइलाई मात्र निम्तो पठाइएको थियो। उनीहरू नोभेम्बर १० मा इटाली प्रस्थान गरेका थिए। उनीहरूले एक हप्ताको विवाह कार्यक्रमका लागि एक करोड ७३ लाख २५ हजार भारतीय रुपैयाँ खर्र्च गरेका छन्। भारतीय सञ्चारमाध्यमले उनीहरूले विवाहमा अत्यधिक खर्च गरेको आरोप लगाउँदै भड्किलो विवाहको संज्ञा दिएका छन्।

एजेन्सीका अनुसार शाहरुख खान, आदित्य चोपडा, फराह खान, सञ्जय लीला भन्सालीलगायत करिब ४० जना पाहुनालाई मात्र बोलाइएको थियो। विवाह समारोहको पाँच दिन ‐नोभेम्बर १२–१६) सम्म चोरी, विस्फोट, भूकम्प, पानी, आँधी, आगोलगायत भइपरी आउनसक्ने क्षतिलाई विचार गर्दै इन्स्योरेन्सको व्यवस्थासमेत गरिएको थियो। सरकारी बिमा कम्पनी ओरियन्टल इन्स्योरेन्सले उनीहरूको विवाहको भेन्यु इन्स्योरेन्स गरेको थियो।

विवाहपछि १६ नोभेम्बरमा उनीहरू भारत फर्किसकेका छन्। उनीहरू विमानस्थल आइपुग्दा बधाई दिन हजारांै फ्यानको घुइँचो लागेको थियो। १८ नोभेम्बरमा मुम्बईको होटल ग्रान्ड हायातमा रणवीरका बाबुआमाका तर्फबाट उनीहरूले रिसेप्सन पार्टी दिएका थिए। दीपिकाको होमटाउन बैंगलोरमा पनि २९ नोभेम्बरमा उनका आमाबाबुले पार्टी दिने समाचार छ।

एजेन्सीका अनुसार दीपिका र रणवीरले बान्द्रा इलाकामा ५० करोड रुपैयाँको घर किनेको चर्चा छ। शान्त र समुद्र छेउछाउको रमणीय स्थानमा रहेको यो घरमा उनीहरू केही समयलगत्तै सर्ने तयारीमा छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.