कविता : किन फाटेन यो धर्ती ?
मेरो सर्वस्व मात्र नभई
मेरा जन्मदाताले पाउ पुजेको
नारान पो थिइस् नि तँ
तँमाथिको अटल भरोसा
अनि विश्वासको सगरमाथा
मेरो सिङ्गो संसार
मेरो जिउने आधार ।
अग्नि साक्षी राखेर खाएका वाचाहरू
सुन्दर त्यो संसार
साझा ठानेकी थिएँ रङ्गिला सपनाहरू
हाम्रो सपनाको सङ्गम
प्रेम अनि समर्पणको परिणति
हजारौ“ सूर्यको उज्यालोलाई मात गर्ने
ब्रमाण्डकै सर्वाेत्कृष्ट अनि शक्तिशाली
त्यो निर्दाेष मुस्कान
हाम्रो जीवनकै बहार, इन्द्रेणी
अनि हाम्रो जिउने आधार ।
ठानेकी थिई उसले तेरो छाती
अनगिन्ती पीडा छेकिदिने पर्वत हो
बुझेकी थिई उसले तेरो अ“गालो
यस धर्तीकै अमूल्य वैभव हो
आफ्नै सृष्टिलाई पनि
काँचो मासुको डल्लो देख्ने
धिक्कार छ तेरो दृष्टिलाई ।
तेरा आँखाबाट संसार हेर्ने उसको प्रयास
चकनाचूर पारिदिइसगलत बनाइदिइस् तैँले
उसका ती निर्दाेषी दृष्टिकोण ।
तँभित्र सल्केको आगोको रापलाई
वात्सल्यको न्यानो ठानिरही उसले
मानव रूपधारी एउटा धर्तीको बोझलाई
सिङ्गो आकाश देखिरही उसले ।
गुलाफका ती पत्रहरू
तेरो वासनाको रापमा डामिनुअगि नै
किन फुटेनन् मेरा आँखा
तै“ले निमोठेको त्यस कोपिलाको
आहत छटपटी सुन्नु अगि नै
किन फुटेनन् कानका जालीहरू
मेरो आस्थाको सगरमाथा ढलिरह“दा
मेरा सपना र विश्वासमा पहिरो गइरह“दा
मेरो मुटुको टुक्रालाई
‘बा’ नामधारी एउटा गिद्धले लुछिरह“दा
किन फाटेन यो धर्ती ?
किन खसेन त्यो आकाश ?