दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि शोकमा सप्तरी

दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि शोकमा सप्तरी

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१० इनरुवामा शुक्रबार राति बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा एउटै गाउँका पाँच जनाको मृत्यु भएपछि डाकनेश्वरीको भुतही र पातो गाउँमा सन्नाटा छाएको छ।

सुनसरीको बराह क्षेत्र चतराधाममा नुहाएर ६० तीर्थयात्रु बोकेर सप्तरीको हनुमाननगर-राजविराज हुँदै फर्कदै गरेको को १ ख २७९९ नम्बरको बस दुर्घटना भएको हो। 

घटनास्थलमै तीन र दुई जनाको उपचारका लागि अस्प्ताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। मृतक पाँचै जनाको सनाखत भइसकेको छ। 

दुर्घटनामा डाकनेश्वरी नगरपालिका ४ भुतहीका ५५ वर्षीय दिनेश रजक र उनकी श्रीमती ५० वर्षीया बौकी भनिने सुनिलादेवी रजक, वडा नम्बर ५ पातोकी ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया सिकिलदेवी साह र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको हो।

सबैको सनाखतपछि अहिले पोस्टमार्टमको तयारी भइरहेको छ। घटना सुनेलगत्तै रातिदेखि नै सहयोग गर्ने घटनास्थल र अस्पताल पुगेका छन्। मृतकको पहिचान गर्न बिहान अस्पताल आएका मृतकका परिवारका सदस्य र आफन्तमा रुवाबासी चलेको छ। 

घटनाले भुतही र पातो क्षेत्र नै शोकमा डुबेको छ। पाँच जनाको मृत्यु र ४९ जना घाइते हुने गरी भएको घटनाले सप्तरी जिल्लामा नै सन्नाटा छाएको राजविराज ७ का सुखराम यादवको भनाइ छ। 

सोही दुर्घटनामा परी घाइते भएका १२ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दुई जनाको विराटनगरस्थित नोबेल अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। बस चालक फरार रहेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी राजेन्द्र विष्टले बताए।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.