नेकपाको कार्यविभाजनमाथि छलफल : भोलि फेरि सचिवालय बैठक
काठमाडौं : शनिबार बसेको नेकपा सचिवालय बैठकमा कार्यविभाजनको एण्जेडामा छलफल भएको छ। शनिबारको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजनको एजेण्डामा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेकपा सचिवालय बैठक तीन दिनदेखि बालुवाटारमा जारी छ।अर्को बैठकले स्थायी समिति बैठकको मिति तोक्ने छ। बैठकले यसअघि प्रदेश कमिटीलाई पूर्णतालाई सचिवालयले टुंगो लगाएको छ। अनुमोदन भने स्थायी समिति बैठकले गर्नेछ।