प्रतिवेदन होइन, काम चुस्त बनाउनुहोस् : प्रधानमन्त्री

प्रतिवेदन होइन, काम चुस्त बनाउनुहोस् : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले काम नगरी प्रतिवेदन मात्र चुस्त बनाउने काम नगर्न मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । 

वजेटको पहिलो चौमासिक कार्यान्वयन समिक्षा बैठकको अन्तिम दिन शनिवार प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाई काममा केन्द्रीत र जवाफदेही हुन् निर्देशन दिएका छन् । ‘जनताले अनुभूति गर्ने काममा केन्द्रित हुनुहोस’, प्रधानमन्त्री ओलीले भने ।

तीन दिन चलेको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यान्वयन अवस्थाको जानकारीका लागि भएको प्रधानमन्त्री ओलीले स्पष्ट गरे । 

‘यो बैठक परिकल्पनाको समिक्षा होइन । सरकारका नीति, कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउन आयोजना गरिएको हो’, प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रालय केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यान्वयनको सुरुवात राम्रै छ । तर यसलाई तिव्रता दिनु पर्छ ।’

वर्तमान सरकार गहन जिम्मेवारीसहित सफल हुनै पर्ने भएकाले सबैले त्यसै अनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिए । ‘सफल हुन सबै अवयवलाई चुस्त बनाउनु पर्छ । हरेक कुराको परिणाम देखिनु पर्छ’, ओलीले भने । अनावश्यक र रहरमा विदेश भ्रमण नगर्न पनि मन्त्री र सचिबलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए । सरकारले मितव्ययी नीति लिएकाले हरेक कुरा कम खर्चमा गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

समिक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, रक्षा सचिव बिष्णुप्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश थपलीया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम, अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.