रियल मड्रिडको लजास्पद हार, सोलारीलाई पहिलो गाँसमै ढुंगा
एजेन्सी : स्थायी प्रशिक्षकका रुपमा सोलारी नियुक्त भएपछिको पहिलो खेलमा नै रियल मड्रिडले हार व्यहोरेको छ । स्पेनिस ला लिगा अन्तरगत शनिबार रातिको खेलमा उपाधि दावेदार मानिएको रियल मड्रिड एइबारसँग ३–० को लजास्पद हार व्यहोर्न बाध्य भयो ।
खेलको छैटौं मिनेटमै गोन्जालो इस्कालान्टेको गोलबाट खेलमा अग्रता बनाएको एइबारका लागि ५२ औं मिनेट सर्जी इन्रिच र ५७ औं मिनेटमा गार्सियाले गोल गरेका थिए । १३ खेलबाट २० अंक जोडेको रियल मड्रिठड अंक तालिकाको छैटौं स्थानमा छ ।
प्रशिक्षकमा सोलारीको स्थायी नियुक्ती पछिको पहिलो खेलमा नै टोलीले तुलनात्माक रुपमा कमजोर मानिएको एइबार फराकिलो अन्तरको हार व्यहोर्दा सोलारीप्रतिका विश्वास खस्किएको छ ।
लोपेटिजीलाई बर्खास्त गरी सान्टियागो सोलारी लाई अस्थायी प्रशिक्षकका रुपमा जिम्मेवारी दिएपछिका चार खेलमा लगातार रियल मड्रिडले जित निकालेको थियो । यसै नतिजाका आधारमा १३ नोभेम्बरमा सोलारीलाई स्थायी प्रशिक्षकका रुपमा नियुक्त गरिएको थियो ।