पोलिटब्युरो गठन अगावै केन्द्रीय सदस्यको कार्यविभाजन

पोलिटब्युरो गठन अगावै केन्द्रीय सदस्यको कार्यविभाजन

 काठमाडौं : सत्तारुढ नेकपाले पोलिटब्युरो गठनअगावै केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने भएको छ। केन्द्रीय समितिका ४ सय ४१ सदस्यकै कार्यविभाजनका लागि सचिवालय बैठक सुरु भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सामान्य छलफल भए पनि निर्णय भने भएन।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन अगाडि पोलिटब्युरो गठन गर्न नेताहरूले माग गरे पनि सचिवालयले सीधै केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्तावमा छलफल थालेको हो। तीन दिनयता लगातार बसेको सचिवालय बैठकमा शनिबार कार्यविभाजन प्रस्तावमाथि छलफल सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्य पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले गर्नेछन्। प्रदेश कमिटी सदस्यको चयन र केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्न गत कात्तिक ८ गतेको सचिवालय बैठकले सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहेको कार्यदललाई जिम्मा दिएको थियो। कार्यदलले प्रस्ताव गरेको प्रदेश किमिटी सदस्य चयनको प्रस्तावमा शुक्रबार बसेको बैठकमा छलफल भई सचिवालय बैठकले टुंगो लगाइसकेको छ।

तर, केन्द्रीय सदस्यको कार्यविभाजनबारे बैठकमा कार्यदलको प्रस्तावमाथि मत बाझिएपछि थप गृहकार्यका लागि दुई अध्यक्षले जिम्मेवारी पाएका नेकपा स्रोतले बतायो। कार्यदलले केन्द्रीय सदस्यहरूलाई प्रतिनिधिसभाको निर्वाचन क्षेत्रको इन्चार्जसम्मको जिम्मेवारी दिएर परिचालन गर्ने गरी प्रस्ताव तयार पारेको थियो।

तर, बैठकमा केन्द्रीय सदस्यलाई निर्वाचन क्षेत्रसम्म परिचालन गर्दा अप्ठेरो आउने भन्दै नेताहरूले असहमति जनाएपछि कार्यदलको प्रस्तावलाई सचिवालयले स्वीकार गरेन। ‘केन्द्रीय सदस्यहरू निर्वाचन क्षेत्रसम्म परिचालन गरेर जिम्मेवारी दिने टुंगिएको छैन। दुई अध्यक्षले अब गृहकार्य गर्नुहुन्छ,’ नेकपाका एक सचिवालय सदस्यले भने।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन ठोस मापदण्डका आधारमा मात्र गर्नुपर्ने नेताहरूको मतपछि आइतबार दुई अध्यक्षले गृहकार्य गर्ने गरी शनिबारको बैठक टुंगिएको थियो। ‘केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा बैठकले प्रवेश पाएको छ। छलफल पारम्भ भएको छ। अझै टुंगिएको छैन,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘आइतबार दुई अध्यक्षले गृहकार्य गर्नुहुनेछ। सोमबार सचिवालय बैठक बसेर कार्यविभाजन प्रस्तावलाई टुंगो लगाउछौं।’

दुई अध्यक्षबीचको कार्यविभाजन मापदण्ड र नेताहरूको कार्यविभाजनमाथि आइतबार छलफल हुनेछ। त्यसपछि मात्र सचिवालयको बैठक बस्नेछ।

कार्यविभाजन टुंगो लगाएपछि भने सचिवालयले जनवर्गीय संगठनहरूको एकीकरणका सन्र्दभमा छलफल गर्नेछ। नेकपाका २२ ओटा जनवर्गीय संगठन छन्। त्यसमध्ये २० वटाको केन्द्रीय तहमै एकीकरण भएको छैन। कुन संगठनको नेतृत्व कसले लिने भन्ने टुंगो नलागेका कारण जनवर्गीय संगठनको केन्द्रीय तहमै एकता प्रक्रियाले गति लिन नसकेको हो। ‘केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगिएपछि लगातार बैठक बसेर जनवर्गीय संगठनको एकीकरण पनि टुंग्याउने छौं’, प्रवक्ता श्रेष्ठले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.