विकास बजेटको काम धमाधम

विकास बजेटको काम धमाधम

ताप्लेजुङ : सिरिजंगा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङ सातादेखि याम्फुदिनमा छन्। उनी प्राविधिक र सहयोगी कर्मचारीसहित गाउँ पुगेका हुन्। उनले टोल–टोलमा पुगेर योजना सम्झौता गरिरहेका छन्। उनको ध्याउन्न फागुनभित्र विकासका काम पूरा गर्ने छ। ‘तिहारअगावै उपभोक्ता समिति गठन गरी योजनाबारे प्रशिक्षणको काम सकेका छौं’, उनले भने, ‘लक्ष्यमा पुग्न युद्धस्तरमा लाग्नेछौं।’ सडक निर्माण र स्तरोन्नतिका काम सुरु भइसकेको उनले सुनाए। गाउँपालिका केन्द्र तेल्लोकबाट पेदाङ जोड्ने सडक ठेक्का लागिसकेको छ। १ करोड ५८ लाख लागतमा एक साताभित्रै सम्झौता हुने उनले बताए। आठ वडा रहेको गाउँपालिकाको विकास बजेट १७ करोड छ।

आठराई त्रिवेणी गाउँपालिकाका प्राविधिक र कर्मचारी वडामा पुगेका छन्। ‘वडा नम्बर ३ हाङपाङमा ५ लाख बजेटको सडक मर्मत सकेर अनुगमन गर्दै छौं’, गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले भने, ‘अन्यको लागत तयारी धमाधम भइरहेको छ।’ काम सुरु गर्ने बेला इन्जिनियर सरुवा भएकाले ढिला भएको उनले सुनाए। विकास बजेट फ्रिज परिपाटी अन्त्य गरिने उनको दाबी छ।

मेरिङ्देन गाउँपालिकाले सबै सडकलाई एकीकृत सञ्जालमा जोड्ने योजनासहित काम गरिरहेको छ। ‘सुरुमै पक्की नालासहितको सडक निर्माण गर्दै छौं’, गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले भने, ‘१० लाख वा सोभन्दा माथिका सडक निर्माण तथा मर्मत आयोजना कोटेसनमार्फत घटाघटमा सञ्चालन गर्ने नीति लिएका छौं।’ ५० प्रतिशतभन्दा बढी योजना सम्झौतापछि काम भइरहेको सूचना अधिकारी धीरेन योञ्जनले बताए।

फुङलिङ नगरपालिकाले आठ योजनाको भुक्तानी दिइसकेको छ। वडा नम्बर ६ को सिंढी निर्माण, फुङलिङ बजारछेउका नाली बनाउनेलगायत काम सकिएको इन्जिनियर नवीन यादवले बताए। उनका अनुसार तीन योजना भुक्तानी क्रममा र चारवटा काम सकिई अनुगमन गर्न बाँकी छन्। नगरपालिकाले विकास बजेटतर्फ १७ करोड १८ लाख विनियोजन गरेको छ। ‘सबैको सहभागितामा विकासका कार्यक्रम अघि बढाएका छौं’, मेयर छत्रपति ज्याकुरेलले भने, ‘विकासका कामले गति लिएको छ।’

ताप्लेजुङमा वैशाखभित्रै बजेट खर्च गरिसक्ने नौ स्थानीय तहको लक्ष्य।

गाउँको विकासमा सक्रिय भएको पाथीभरा याङ्वरक गाउँपालिका–५ का अध्यक्ष तारामन साम्सोहाङको भनाइ छ। ‘स्थानीय तहको विकास र जनतालाई राहत दिने कार्यक्रम गाउँसभाबाट ल्याएका छौं’, उनले भने, ‘सडक, यातायात, खानेपानी, बिजुली, विकास निर्माणका कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’

विकासका काम सन्तोषजनक रहेको फक्ताङलुङ गाउँपालिकाका दीपक लिम्बूको ठम्याइ छ। ‘पहिले पुस–माघमा मात्र उपभोक्ता समिति गठन गरी योजना सम्झौता सुरु हुन्थ्यो’, उनले भने, ‘अहिले सकारात्मक सुरुआत देखिएको छ।’ नौ स्थानीय तहले वैशाखभित्रै विकास बजेट सक्ने लक्ष्य बनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.