सकियाे धनकुटाकाे एभोकाडो महोत्सव

सकियाे धनकुटाकाे एभोकाडो महोत्सव

धनकुटा : एभोकाडोमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव सम्पन्न भएको छ। धनकुटा नगरपालिकाको आयोजनामा भएको एभोकाडो महोत्सवमा नगरभित्रका ४६ जना किसानले उत्पादन गरेका एभोकाडो ३० भन्दा स्टलमा प्रर्दशनी गरेका थिए।

सोही अवसरमा संघीय सांसदराजेन्द्र राईले धनकुटा–६ परिचयमोडस्थित पार्कमा रहेको एभोकाडोको प्रतिमा अनावरण गरेका थिए। पार्कसहित स्तम्भ करिब ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। महोत्सवमा विभिन्न स्थानबाट तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको आयोजकको दाबी छ।

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सव भएको दाबी गरिएको छ। धनकुटामा उत्पादन भएको एभोकाडोलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै व्यावसायिक खेतीतर्फ किसानलाई आकर्षित र प्रोत्साहित गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले बताए। उनले भने, ‘नगरक्षेत्रमा उत्पादन हुने एभोकाडो यस क्षेत्रको आर्थिक विकासलाई टेवा पुर्या‍उन सहयोगी बन्ने अपेक्षा छ।

नगरक्षेत्रमा एभोकाडोको व्यावसायिकखेती हुन थालेपछि गत आर्थिक वर्षमा नगरसभाले एभोकाडोको राजधानी घोषणा गरेको थियो। महोत्सवको स्टलमा प्रर्दशन गरिएको आधारमा एभोकोडो खेती गर्ने किसानलाई पुरस्कृत गरिएको थियो।

महोत्सवमा सांसद राजेन्द्र राईले कृषि क्षेत्रलाई सरकारले प्रोत्साहन गर्ने बताए। कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, निरन राई, लिला सुब्बा, आर सी तुम्वा, कुसुम कुमारी श्रेष्ठ, बिना राईलगायतको सहभागिता थियो। कार्यक्रममा महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल शहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईलगायतले एभोकाडो महोत्सव धनकुटामा हुनु कृषि क्षेत्रका लागि महŒवपूर्ण रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.