मुख्य न्यायधिवक्ताबारे प्रदेशसभामा लफडा, बैठक रोकियो

मुख्य न्यायधिवक्ताबारे प्रदेशसभामा लफडा, बैठक रोकियो

जनकपुरधाम प्रदेशका मुख्यन्यायधिवक्तालाई कर्मचारी भर्ना सिफारिस समितिको अध्यक्ष बनाउने सरकारको प्रस्तावमाथि प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले विरोध जनाएका छन् । 

आइतबार प्रदेश सभाको दोस्रो अधिवेशनको ३९ औं बैठकमा मुख्यमन्त्री लालाबाबू राउतले ‘सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन विशेष समिति, २०७५ को प्रतिवेदन सहित ’‘ प्रदेश नं. २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सभामा छलफल गरि पारित गरियोस् भन्ने प्रस्तावसहितको कार्यसूची तय गरिएको थियो । 

बैठक सुरु भएलगत्तै नेकपा सांसदहरु टेबुल ठटाउँदै उठेका थिए । नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले बैठकमा भने, ‘सरकारले ल्याएको विधेयकमाथि मैले संशोधन प्रस्ताव दर्ता गराएको थिएँ । तर, प्रस्तावलाई बेवास्ता गरेर संवैधानिक अभ्यासविपरित छलफल नगरि विधेयक सदनमा छलफलका लागि पेश गर्न लागिएको छ ।’ 

त्यसैगरी विधेयकमा नेपालको संविधानको धारा ९७ को अधिकार प्रयोग गरी प्रदेश सभाले ऐन बनाइएको उल्लेख गरिए पनि त्यस धारामा यस्तो कुनै व्यवस्था नरहेको सांसद विश्वकर्माको भनाई थियो । 

‘संविधानको धारालाई नै अपव्याख्या गर्ने काम सरकारबाट भएको छ । हुँदै नभएको व्यवस्थालाई आधार बनाई धाराबारे विधेयकमा उल्लेख गरि सदनलाई झुक्याउने काम भएको छ’, उनले भने ।  

त्यसैगरी विधेयकमा प्रदेश प्रशासनका लागि रिक्त पदको संख्या एकिन गर्न तथा कर्मचारी भर्ना छनौट गर्नका लागि बनाईने कर्मचारी भर्ना सिफारिस समितिको अध्यक्षमा मुख्य न्यायधिवक्तालाई राखिने व्यवस्था गरिएको छ । यो व्यवस्था गलत रहेको नेकपाको ठम्याई रहेको विश्वकर्माले बताए । 

मुख्यन्यायधिवक्ताको संवैधानिक काम, कर्तव्य र अधिकारमा सरकारको सल्लाहकारका रुपमा रह्ने र कानूनी प्रक्रियामा सहयोग पुर्याउने उल्लेख भएको र कहि कतै कार्यकारिणी प्रकृतिका विषयमा काम गर्ने उल्लेख नभएको अवस्थामा प्रदेश सरकारले भर्ना समितिको अध्यक्ष पदमा राखेर विवाद सिर्जना गर्ने र पदलाई नै विवादित गर्ने काम गर्न खोजेको उनको भनाई थियो । 

यी विषयहरुलाई नसच्याएसम्म विधेयकमाथि छलफल समेत नगर्ने र बैठक समेत अघि बढ्न नदिने भन्दै नेकपा सांसदहरुले विरोध जनाएका थिए । सांसदहरु आफ्नो स्थानमा उभिएर बैठकको कारबाही चल्न नदिने भएपछि सभामुख सरोजकुमार यादवले पटक पटक बस्न आग्रह गरे । 

तर प्रमुख प्रतिपक्षीले नमानेपछि सभामुखद्धारा १० मिनेटका लागि बैठकको स्थगित गरिएको थियो । सभामुखले प्रमुख प्रतिपक्षी दलको मागलाई हेर्दै कार्यसूचीबाट करारमा कर्मचारी भर्नासम्बन्धी बनेको विधेयकमाथिको छलफलको प्रस्ताव र पारित गर्ने प्रस्ताव हटाईएको जानकारी गराएपछि बैठक सूचारु भएको थियो । 

दोस्रो सत्रको बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साह सुडीले ‘दलित सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.