अब अन्तराष्ट्रिय विमानस्थलमा व्यवस्थित ट्याक्सी पार्किङ

अब अन्तराष्ट्रिय विमानस्थलमा व्यवस्थित ट्याक्सी पार्किङ

काठमाडौं : अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतबारबाट व्यवस्थित बनाइएको छ। विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीलाई आइतबारदेखि नवनिर्मित ‘पार्किङ भवन’ मा सारेर व्यवस्थित गरिएको हो।

विमानस्थल भित्र ट्याक्सी जथाभावी पार्किङ गर्दा अत्यधिक चाप बढेको र यात्रुलाई असहज भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले पार्किङलाई एकै स्थानमा व्यवस्थित बनाएको बताए। निजी सवारी र ट्याक्सी विमानस्थलभित्र पार्किङ हुदै आएको थियो। 

पार्किङ मात्र नभएर यात्रुहरुलाई ठगी हुनबाट जोगाउन यसले सहयोग पुग्ने मन्त्री अधिकारीले बताए। तल्लो ग्राउण्डमा पार्किङ सारिएपछि हाल रहेको पार्किङस्थलमा भीआईपीका गाडी पार्किङ हुनेछन्। 

साथै त्यस आसपासमा लेन निर्माण गरी यात्रुहरुलाई सहज बनाउने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। पूर्ण रुपमा व्यवस्थित हुनका लागि करिब एक साता लाग्ने उनको भनाइ छ। 

एयरपोर्टको माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० ओटा र कालो नम्बर प्लेट भएका १० ओटा मात्रै ट्याक्सी हुने छन्। अब एउटा ट्याक्सीले यात्रुलाई लिएर जाने त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिनु पर्नेहुन्छ। 

त्यसैगरी, निजी गाडीले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्छ। निजी, पर्यटक र सार्वजनिक ट्याक्सीले विमानस्थलमा अनावश्यक दुःख दिने गरेको र अब समधान भएको विमानस्थलको दाबी छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.