राजधानी धुलोमुक्त पार्न ब्रुमर

राजधानी धुलोमुक्त पार्न ब्रुमर

काठमाडौं : धुलोबाट आक्रान्त राजधानीवासीले छिट्टै मुक्ति पाउने काठमाडौं महानगरपालिकाले दाबी गरेको छ। महानगरले २ महिनाभित्र सडक बढार्ने ५ वटा ब्रुमर ल्याउने भएको छ। ब्रुमर खरिद गर्न महानगरले प्रतीतपत्र (एलसी) खोलिसकेको छ।

११ करोड रुपैयाँ लागतमा इटलीबाट ती ब्रुमर माघमा आउँदै छन्। अत्याधुनिकब्रुमरले प्रति घण्टा ६ टन धुलो तान्ने दाबी महानगरको छ। एउटाब्रुमरले प्रति घण्टा २२ हजार स्क्वायर मिटर बढार्ने जानकारी महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले दिए। ‘पाँचवटै ब्रुमर चलाउन कम्पनीबाटै चालक आउँदैछन्’, उनले भने, ‘३ वर्ष ब्रुमरको मेन्टेनेन्स खर्च पनि कम्पनीले नै बेहोर्ने सम्झौता भएको छ।’ कम्पनीका चालक महानगरका हेभी सवारीचालकलाई तालिम दिएपछि फर्कने छन्।

ब्रुमर इँटाका टुक्रा, सिसाका बोतल, टायरदेखि मिनरल वाटरका बोतलसम्म तान्ने क्षमताका भएको महानगरले जनाएको छ। ६ ब्रुमरले राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक सफा गर्ने छन्। कार्कीले भने, ‘हामी रुट छुट्याएरब्रुमर सञ्चालन गर्छौं। सबै ब्रुमर एकै पटक सञ्चालन भएपछि राजधानीको धुलो नियन्त्रणमा आउन धेरै दिन लाग्दैन।’ बढारेपछि जेट मेसिन (पानीको फोहोरा फाल्ने गाडी) चलाएर बाटो सफा गर्ने योजना महानगरको छ। अहिले महानगरसँग ६ वटा जेट मेसिन छन्।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ‘क्लिन द सिटी’ अभियान सार्थक पार्न ब्रुमर र जेट मेसिन सञ्चालन खाका बनाउन निर्देशन दिइसकेका छन्। वायु प्रदूषणको प्रमुख कारकमध्येको धुलो सफाइका लागि ब्रुमर सञ्चालनसँगै सडकमा भएका फोहोर व्यवस्थापन, जथाभावी लत्रिएका तार तथा गाडिएका बिजुली र टेलिफोनका खम्बा सार्ने अभियानमा शाक्य छन्।

अभियान सफल बनाउन शाक्यले विद्युत प्राधीकरण, नेपाल टेलिकम, खानेपानी संस्थान, उपत्यका विकास प्राधीकरण, मेलम्ची खानेपानी आयोजनालगायत सरोकारवाला निकायलाई साथ लिएका छन्। प्रवक्ता कार्कीले भने, ‘राजधानीको प्रदूषणदेखि मेयरसाप पनि चिन्तित देखिनु भएको छ। ब्रुमर आएपछि राजधानीवासीले धेरै सास्ती बेहोर्नु पर्दैन।’
     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.