अल क्वायदा हमलामा धार्मिक अगुवासहित १५ को हत्या, १० घाइते
मोगादिसु : सोमालियाको मुगुदस्थित गाल्कायो सहरमा कार बम हमलामा विवादास्पद छवि भएका धार्मिक अगुवा सहित १५ जना मारिएका छन् । अरु १० जना घाइते छन् ।
गाल्कायो सहरको उत्तरी क्षेत्रस्थित शेख अली एल्मी यारेको धार्मिक केन्द्रमा हतियारधारी समूह अचानक छिरेर आजै हमला गरेको थियो । जहाँ सुफी नेता र उनका शिष्यहरुमाथि हमला भएको थियो ।
सुरक्षा अधिकारीका अनुसार अल शबाबको हमलामा १५ जना मारिएका हुन् । अधिकारीका अनुसार सशस्त्र समूहका तीनजना पनि हमलामा मारिएका छन् । घटनाको जिम्मेवारी अल क्वायदा सम्बन्धित हतियारधारी अल शबाबले लिएको छ । उसले हमलाको जिम्मेवारी लिनुका साथै २६ जनाको हत्या भएको जनाएको छ ।
यसअघिको हमलामा पनि हमला भएको भन्दै दोस्रो कार बम हमलामा गरी २६ को ज्यान भएको अल शबाबले उल्लेख गरेको हो । ‘हामीले धार्मिक केन्द्रका मालिक, उनका शिष्य, उनका अंगरक्षक र सुरक्षाकर्मी सहित २६ को हत्या गर्यौँ,’ अल शबाबका सैन्य अपरेशन प्रवक्ता अब्दियासिस अबु मुसाबले भनेका छन् ।
हत्या भएका मुस्लिम धार्मिक केन्द्रका अगुवा नै ‘प्रफेट’लाई शोषण गर्ने पहिलो व्यक्ति भएको उनको दावी छ । साथै हमला गर्नुको कारण पनि यही तर्क ठानिएको छ ।
भूमिगत समूह अल क्वायदाको सैन्य संगठन अल शबाबले सोमालिया र छिमेकी देशहरुमा पछिल्लो समय सशस्त्र हमला गर्दै आएको छ ।