टी–१० क्रिकेटमा सन्दीपलाई पहिलो पटक ब्याटिङको मौका

टी–१० क्रिकेटमा सन्दीपलाई पहिलो पटक ब्याटिङको मौका

काठमाडौं : युनाइटेड अरब इमिरेट्स (युएई) जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी–१० क्रिकेट लिग अन्तर्गत सोमबार आफ्नौ चौथो  खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलो पटक ब्याटिङको मौका पाएका छन् । 

ब्याटिङको मौका पाए पनि उनले राम्रो रन बनाउने अवसर भने पाएनन् । अन्तिम नम्बरमा ब्याटिङमा आएका सन्दीप १  बलमा १ रन बनाउँदै नटआउट रहे । उनीअघि ब्याटिङमा आएका भारतीय खेलाडी रितिन्दर सोधी १० औं विकेटको रुपमा आउट भएपछि सन्दीपले थप ब्याटिङ गर्ने मौका पाएनन् । 

यस अघिका खेलमा राम्रो बलिङ गरी विकेट लिएका सन्दीपले यस प्रतियोगितामा प्रभाव देखाउनन सकेनन् । २ ओभरमा २८ रन दिएका उनले कुनै विकेट लिन सकेनन् । 

यस अघिका ३ खेलमा सन्दीपले क्रमशः ३, १ र २ गरी ६ विकेट लिइसकेका छन् । 

सोमबार पञ्जाव लेजेन्ड्ससँग प्रतिस्पर्धा गरेको सन्दीप आवद्ध टोली केरला किंग्सले ३६ रनको हार व्यहो¥यो। केरलाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको पञ्जावले १० ओभरमा ५ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । १०८ रनको विजय लक्ष्य पाएको केरलाले ८.२ ओभरमा ७१ रन बनाउँदा सबै विकेट गुमायो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.