अन्तत: मंगल ग्रहमा पुग्यो नासाको यान, वैज्ञानिकले मनाए उत्सव

अन्तत: मंगल ग्रहमा पुग्यो नासाको यान, वैज्ञानिकले मनाए उत्सव

वासिङ्गन :  अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को एउटा यान अन्तत: मंगल ग्रहमा अवतरण गरेको छ । यो यान सोमवार राति १:३९ बजे मंगल ग्रहमा सफलतापूर्वक उत्रिएको हो । 

नासाका अनुसार पहिलो पटक एक्सपेरिमेन्टल स्याटेलाइट्सले कुनै अन्तरिक्षयानलार्इ पच्छयाउँदै निगरानी राखेको हो । यस मिसनमा खर्च मात्रै ९९.३ करोड डलर (करिब ११३०५ करोड रुपैयाँ)  भएको छ । 

यी दुर्इ स्याटेलाइट मंगलमा पुगेको अन्तरिक्ष यान भन्दा ६ हजार माइल पछाडि गइरहेका थिए । नासाले यसै साल ५ मेमा क्यालिफोर्नियाको वन्डेनबर्ग एयरफोर्स स्टेशनबाट एटलस वी रकेटमार्फत मार्स ल्यान्डर प्रक्षेपण गरेका थिए ।  

यो इनसाइट यानका लागि अवतरणमा लाग्ने ६ देखि ७ मिनेट समय अत्यन्तै महत्वपूर्ण थियो । यस क्रममा पछ्याइरहेका दुवै स्याटेलाइटमार्फत् विश्वभरका वैज्ञानिकले इनसाइटमाथि नजर राख्न सके । यी स्याटेलाइट ‘वाल-ई' र ‘ईव' ले आठ मिनेटमा इनसाइट मंगलमा उत्रेको जानकारी पृथ्वीमा पठाइरहे । नासाले यस पुरा मिसनको लाइभ कभरेज दिएको थियो । 

इनसाइटका खास कुरा 

३५८ किलोको इनसाइटको पूरा नाम ‘इन्टिरियर एक्सप्लोरेशन युजिङ्ग सिस्मिक इन्भेस्टिगेसन्स' हो। सौर्य ऊर्जा र ब्याट्रीबाट चल्ने यो यान २६ महिनासम्म काम गर्ने गरी डिजाइन गरिएको छ । 

७ हजार करोडको यस मिसनमा  अमेरिका, जर्मनी, फ्रान्स र युरोपका अन्य १० देशका वैज्ञानिक सामेल थिए । इनसाइट परियोजनाका प्रमुख वैज्ञानिक ब्रुस ब्यानर्टले यो एक टाइम मेसिनले ४.५ अर्ब वर्ष पहिले मंगल, पृथ्बी र चन्द्रमा जस्ता ढुंगे ग्रह कसरी बने ? 

यसको मुख्य उपकरण सिस्मोमिटर (भूकम्पमापी) हो जसलार्इ फ्रान्सेली अन्तरिक्ष एजेन्सीले बनाएको हो । अतवरणपछि ‘रोबोटिक आर्म’ले सतहमा सेस्मोमिटर लगाउनेछ । अर्को मुख्य भाग भनेको ‘सेल्फ ह्यामरिङ्ग’ हो जसले ग्रहको सतहमा ऊष्माको प्रभाव जाँच गर्नेछ । 

नासाले इनसाइट अवतरण गराउन इलिसियम प्ल्यानिशिया नामको ल्यान्डिङ साइट चुनेको छ। यस स्थानको सतह सम्मो थियो । यसबाट सिस्मोमिटर लगाउने र सतहमा ड्रिल गर्न सजिलो भयो । 

इनसाइट मंगलको वातावरणमा प्रवेशका क्रममा अनुमानित गति १२ हजार ३०० माइल प्रतिघण्टा रह्यो । भूकम्पबाट पैदा हुने । सिस्मिक वेवबाट अब मंगल ग्रहको नक्सा बनाइने भएको छ । 

भूकम्पबाट पैदा हुने सिस्मिक वेभबाट मंगलको आन्तरिक नक्सा बन्नेछ । पहिले पठाइएको क्युरोसिटी अन्तरिक्ष यान पानीमाथि केन्द्रित थियो । तर यो अन्तरिक्ष यानले मंगलको संरचनाको अध्ययन गर्नेछ । 

पृथ्वी जस्तै मंगल

मंगल ग्रह धेरै कुरामा पृथ्वी जस्तै समान छ। दुवै ग्रहमा ठुला ठुला पहाड छन् । तर पृथ्वीको तुलनामा यसकोचौडाई आधी, भार एक तिहाई र घनत्व ३० प्रतिशत कम छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.