आईसीसी वरीयतामा दुई स्थान खस्किए पारस
काठमाडौं : नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी क्रिकेटको ब्याट्सम्यान तर्फको वरीयतामा दुई स्थान खस्किएका छन्।
आईसीसीले सोमबार बिहान सार्वजनिक गरेको नयाँ वरीयताअनुसार कप्तान पारस टीट्वेन्टी क्रिकेटको ब्याट्सम्यान तर्फको वरीयतामा ९५औं स्थानमा पुगेका छन्। उनी यसअघि ९३औं स्थानमा थिए।
टीट्वेन्टी क्रिकेटको अलराउन्डर तर्फको वरीयतामा भने उनीसँगै बलर सोमपाल कामी पनि यथास्थानमा छन्। अलराउन्डरतर्फ पारस ४१औं र सोमपाल ६४औं स्थानमा छन्। उनीहरू दुवै यसअघि पनि सोही वरीयतामा थिए।
बलिङतर्फको वरीयतामा सोमपाल एक स्थान सुधार गर्दै ९३औं स्थानमा पुगेका छन्। उनी यसअघि ९४औं स्थानमा थिए। बलिङतर्फ वसन्त रेग्मी भने ७५औं स्थानमा यथावत छन्।