मिडवाइफरी पढाउँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

मिडवाइफरी पढाउँदै  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नसिंङअन्‍तर्गत स्नातक तहको मिडवाइफरीको पढाइ सुरु हुने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नसिंङअन्‍तर्गत स्नातक तहको मिडवाइफेरी कार्यक्रमको  मंगलबार उपराष्ट्रपति नन्द किशोर पुनले उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले स्वास्थ्य क्षेत्रमा कर्णाली प्रदेशलगायत जुम्ला राम्रो हुँदै गएको बताए। उनले भने,' आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउनका लागि प्रतिष्ठानले राम्रो काम गरेको छ भन्ने विश्वास गरेको छु।'

यस क्षेत्रको समग्र विकासका लागि आफ्नो तर्फबाट सहयोग र समर्थन रहने र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गरे। 

 
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले उद्घाटन कार्यक्रममा बोल्दै अथक प्रयासका साथ सिंगो कर्णाली प्रदेशको स्वास्थ्यको सुधारका लागि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी नर्स डाक्टर उत्पादन गर्ने थलोको रुपमा विकास गरिएको बताए।

उनले भने,' हिजोका दिनमा यहाँको स्वास्थ्य अवस्था दयनीय थियो, तर आज त्यो अवस्थाले कोल्टे फेर्दे गएको छ। प्रतिष्ठानमा स्नातक तहको मिडवाइफरी कार्यक्रम हुँदैछ, यसको पठनपाठनका लागि आजैका दिनबाट सुरुवात भएको छ। क्रमश प्रतिष्ठान आफ्नो गतिमा अघि बढीरहेकोले यसमा कोही कसैले खुट्टा तान्ने चेष्टा नगर्दा उपयुक्त हुने मन्त्री भण्डारीको बताए।

पूर्व राज्यमन्त्री बलबहादुर महतले कार्यक्रमा बोल्दै 'नाना दुख्खले आर्जेको प्रतिष्ठान होइन, यहाँबाट चुडेर बाहिर लिने भन्ने कानले सुनेको छु, तर त्यो सम्भब नभएको बताए।' उनले कसले कसरी चुँडेर लान्छन् भन्दै आक्रोश व्यक्त गरे। 

प्रतिष्ठानकी नसिंङ डीन सराला गौतमले आमाहरुलाई बचाउनका लागि नसिंङ क्षेत्रमा विकास आवश्यक रहेको बताइन्। उनले भनिन्,' विगत तीन वर्षदेखि जिल्लाको मातृशिशु मृत्युदर शून्य रहेको छ। पछिल्लो समयमा आमाको प्रसूतिका कारण मृत्यु हुने गरेको छैन, उनले भनिन्,' नसिंङ क्षेत्र सुधार उन्मुख भएका कारणले यो संभव भएको हो।'

प्रतिष्ठानमा यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ (बिपिएच) अध्यापन सुरु हुने भएको छ। स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्नका स्वीकृती दिइसकेको छ। परिषद्ले सो कार्यक्रमका लागि २० सिट निर्धारण गरेको छ। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले भने,' परिषद्को टोलीले अनुगमन गरिसेको छ। प्रतिष्ठानले एमडी एन जनरल प्राक्ट्रिस (एमडिजिपी) अध्यापनका लागि सम्पूर्ण तयारी गरिएको छ।‘


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.