ट्रम्पले स्वीकार गरेनन् आफ्नै सरकारको रिपोर्ट !

ट्रम्पले स्वीकार गरेनन् आफ्नै सरकारको रिपोर्ट !

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सरकारको रिपोर्ट पनि अस्वीकार गर्ने प्रतिक्रिया दिएका छन् । नियमित कार्बन उत्पादनले जलवायु परिवर्तनमा ल्याउने असर नरोक्दा त्यसले भयावह आर्थिक नोक्सान हुने भन्दै दिइएको चेतावनीलाई सोमबार उनले अस्वीकार गर्ने प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रिय जलवायु मुल्यांकनको रिपोर्ट यही शुक्रबार सार्वजनिक भएपछि ट्रम्पले उक्त रिपोर्टमा उल्ल्ेख गरिए जस्तो अवस्था नभएको भन्दै अस्वीकार गरेका हुन् । जब कि, उक्त रिपोर्टले पृथ्वीको तापक्रम बढ्नाले अमेरिकामा प्राकृतिक विपद्को जोखिम बढ्दै गरेको चेतावनी दिएको थियो ।

जसकारण आयात–निर्यात मुल्य प्रभावित भइ देशको पूँजी तथा आर्थिक उत्पादनमा असर पार्ने चेतावनी दिइएको छ । यसले विश्व बजारमा पनि हानी पुर्याउने उक्त रिपोर्टमा उल्लेख छ । यस्तै अमेरिकाको खस्कँदो आर्थिक अवस्था र आर्थिक उत्पादनको अवस्ता शताब्दिकै कमजोर बनाउने पनि उल्लेख छ ।

जलवायु परिवर्तनका कारण आर्थिक हानीबारे ट्रम्पलाई जिज्ञासा राख्दा उनले यस्तो क्षति हुन नसक्ने जिकिर गरे । ‘म यसमा विश्वास गर्दिन,’ ट्रम्पले सोमबार पत्रकारहरुसँग भने, ‘मैले यो हेरेको छु, केही पढेको पनि छु । र यो ठीक छ ।’

अमेरिकाका दर्जन भन्दा बढी सरकारी एजेन्सी र विभागको सहायतामा उक्त रिपोर्ट लेखिएको थियो । जहाँ मानव स्वास्थ्यमा असर पार्ने तथा पुर्वाधार ध्वस्त पार्ने, पानीको स्रोतमा कमी ल्याउने जस्ता गम्भीर क्षति भविष्यमा आउनसक्ने चेतावनी दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.