यस्तो छ नेविसंघ महाधिवेशनको कार्यतालिका

यस्तो छ नेविसंघ महाधिवेशनको कार्यतालिका

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक तालिका अनुसार नेविसंघको महाधिवेशन पुस २८, २९ र ३० काठमाडौंमा हुने भएको हो।

त्यस्तै पुस २० गते प्रदेश महाधिवेशन हुने भएको छ। भने १४ गते जिल्ला अधिवेशन हुने भएको छ। ८ गते उपत्यका अधिवेशन हुने भएको छ। 

यसअघि कात्तिक १६ देखि हुने भनिएको नेपाल महाधिवेशन नहुने भएपछि अन्योल बढेको थियो। पार्टीले विधान पारित गरेर नदिएका कारण कांग्रेसको भ्रातृसंगठन नेविसंघले घोषणा गरेको मितिमा महाधिवेशन हुन नसकेको थियो।

पार्टीले विधान पारित नगर्दै ३२ बर्से उमेरहद लागू गरेपछि पार्टीकै शीर्ष नेताबीच विवाद चुलियोको थियो। असोज २१ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेविसंघको निर्देशक समिति संयोजकसमेत रहेका सहमहामन्त्री डा. प्रकाशशरण महतले उमेरहदको प्रस्ताव लगेका थिए।

पार्टीले उमेरहदसम्बन्धी गरेको निर्णयप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट लेखेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.