भावी प्रधानन्यायाधीशका लागि दुई न्यायाधीशको रेकर्ड संवैधानिक परिषदमा

भावी प्रधानन्यायाधीशका लागि दुई न्यायाधीशको रेकर्ड संवैधानिक परिषदमा

काठमाडौं :   न्यायपरिषदले भावी प्रधानन्यायाधीशका लागि दुई न्यायाधीशको व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकास पाउने भएपछि नयाँ प्रधानन्याधीश नियुक्तिको प्रक्रिया सुरु भएको हो । 

मिश्र यही पुष १७ गतेबाट सेवा निवृत्त हुदै छन् ।रिक्त हुने पदमा न्यायपरिषद सचिवालयले सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएर ३ वर्ष काम गरेका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको छ।

यस अगाडि प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाइ बहुमतबाट अस्वीकृत भएको थियो ।

संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएपछि बिदा बसेका जोशी नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पदवहालीसँगै सर्वोच्च फर्केका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.