भाइको हत्या गर्ने दाजु पक्राउ

भाइको हत्या गर्ने दाजु पक्राउ

नुवाकोट : भाइको हत्या गरेको अभियोगमा प्रहरीले नुवाकोटको पन्चकन्याका एक युवकलाई पक्राउ गरेको छ। सदरमुकाम विदुरदेखि २५ किलोमिटर पुर्वमा रहेको पञ्चकन्या गाउँपालिका वडा नं. ५ माँझगाउँका लक्ष्मण सिटौलाको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनका सहोदर दाजु बलरामलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

गत कार्तिक २५ गतेदेखि घरबाट हराइरहेका ३५ वर्षीय युवक लक्ष्मणको शव शनिबार घरदेखि एक घण्टा दुरीमा रहेको खहरेखोलामा घोप्टो परेको अबस्थामा फेला परेको थियो। शव फेला परेपछि गरिएको अनुसन्धानका क्रममा भाई लक्ष्मणको हत्यामा उनकै दाजु बलराम संलग्न रहेको रहस्य खुलेपछि उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तवहादुर कुँवरले बताए।

बलरामलाई विदुरस्थित नुवाकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद थप गरिएको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ ।  दाजुभाइबीच घरायसी विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत कार्तिक २६ गते रातिको समयमा पन्चकन्या गाउँपालिका वडा नं. ५ का खिलप्रसाद सिटौलाको छोरा लक्ष्मण सिटौला घरबाट हराई बेपता भएपछि खाेज्दै जाँदा घरदेखि १ घण्टाको दुरीमा रहेको खहरे खोलामा मंसिर ८ गते अपरान्ह शव फेला परेको थियो। लक्ष्मण सिटौला मादक पदार्थ सेवन गरी घरमा आएकोले निजकै दाईले चिर्पट दाउराले टाउको लगायतको अंगमा प्रहार गरी हत्या गरेकाे नुवाकोट प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.