टिपरको ठक्‍करबाट मोटरसाकल चालकको मृत्यु

टिपरको ठक्‍करबाट मोटरसाकल चालकको मृत्यु

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका- १० मा टिपरको ठक्‍करबाट मंगलबार साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प १९९९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको को १ ख ५७५२ नम्बरको टिपरले पछाडिबाट ठक्‍कर दिएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको मेची नगरपालिका १२ धाईजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। राजवंशीको उपचारका क्रममा उर्लाबारीस्थित मंगलबार राति अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.